बालसुधार गृह घटना : फरार चार जना अझै भेटिएनन्

सदरलाइन संवाददाता ७ आश्विन २०८०, आईतवार १४:३२
 

नेपालगञ्ज : बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधार गृहबाट भागेका चार जना बालबन्दी अझै फेला पर्न सकेका छैन । गत बिहीबार राति बालबन्दीको बीचमा झडप हुँदा भागेकामध्ये चार जना अझै सम्पर्कबाहिर रहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

उनीहरुको तीब्र रुपमा खोजतलास भइरहेको उनले बताए । डिएसपी डाँगीका अनुसार भागेका बालबन्दीलाई खोज्न प्रहरी परिचालन गरिएको छ । बालबन्दी जान सक्ने ठाउँमा निगरानी बढाइएको छ । बालसुधार गृह सीमा नाका नजिक भएकाले भारततिर गएको हुन सक्ने आशंका गरिएको छ ।


बाल सुधार गृहका अन्य केहीलाई सुधार गृह भित्रै अलग राखेर सोधपुछ तथा अनुसन्धान जारी राखिएको छ । झडपमा अगुवाई गरेकाहरुलाई छानेर अलग राखिएको हो ।

जसमा राती भागेर पुनः पक्राउ परेका २५ जना पनि रहेको बताइएको छ । दुई सय ५४ जना बालबन्दी रहेको सुधार गृहमा यसपालीको झडपमा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वार्षिकोत्सवमा मानवसेवा आश्रममा खाद्यान्न वितरण

७ आश्विन २०८०, आईतवार १४:३२
नेपालगञ्ज : सनलाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जस्थित मानव सेवा आश्रममा रहेका ५६ जना आश्रितलाई खाद्यान्न र फलफुल वितरण गरेको छ । इन्स्योरेन्सको छैठौँ वार्षिक उत्सवको अवसरमा आश्रममा रहेका आश्रितलाई खाद्यन्न तथा फलफुल वितरण गरेको नेपालगञ्ज शाखा प्रवन्धक कमल शाहीले जानकारी दिए । उनले विश्वास, संरक्षण र समृद्धिको यात्रा सुनिश्चितता सहित छैठौं […]