हाइसको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता २० पुष २०८०, शुक्रबार १३:५८
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारीमा हाइसको ठक्करबाट एक जना साइकल यात्रुको मृत्यु भएको छ ।

हुलाकी सडकखण्डको राप्तीसोनारी–४ धामपुरमा दाङबाट नेपालगञ्ज आउँदै गरेको तीब्र गतिमा रहेको भे१ख ४१३६ नम्बरको हाइसको ठक्करबाट सोही वडाकै बैजापुरका ४५ वर्षीय मंगल थारुको मृत्यु भएको वडाध्यक्ष मीनराज खड्का (सन्तोष) ले जानकारी दिएका छन् ।

वडाध्यक्ष खड्काका अनुसार बिहीवार साँझ दाङबाट नेपालगञ्जका लागि अगैया हुँदै बैजापुर भएर आउँदै गरेको उक्त हाइसले धामपुरबाट घरतर्फ जान लागेका थारुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।


अहिले उक्त सडकखण्ड सुगम बनेकाले सवारीसाधन सोही बाटो भएर जाँदा अत्याधिक गतिमा गुड्ने गरेकाले अबदेखि प्रहरी प्रशासनसँग समन्वय गरेर त्यस सडकमा गुड्न रुट परमिट पाए नपाएको जाँच गर्ने खड्काले बताए । त्यहाँबाट गुड्ने सवारीसाधनको स्पीड लिमिट समेत गरिने उनले बताए ।

दुर्घटना पश्चात् फरार रहेका हाइस चालकलाई इलाका प्रहरी कार्यालय धामपुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री धामीद्वारा नेपालगञ्ज नाका र भन्सार अनुगमन

२० पुष २०८०, शुक्रबार १३:५८
नेपालगञ्ज : सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगञ्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन् । मन्त्री धामीसहितको उच्चस्तरीय टोलीले नेपालगञ्जस्थित जमुनाहा नाकामा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिनुका साथै नेपालगन्ज भन्सार कार्यालय पुगेर सो कार्यालयको गतिविधिबारे पनि जानकारी लिनुभएको छ । धनगढी र नेपालगञ्ज […]