रौनियार समुहले सार्वजनिक गर्यो १७ बुँदे प्रतिबद्धता

३ माघ २०७६, शुक्रबार १८:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  पश्चिम नेपालको व्यावसायिक केन्द्र नेपालगञ्ज उद्योग बाणिज्य संघमा आगामी ३ बर्षे कार्यकालको लागि ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शुक्रबार आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आगामी माघ ११ गते संघको नेतृत्वको लागि निर्बाचन हुने कार्यक्रम तय भएको छ । सो निर्वाचनको लागि व्यावसायिका दुई समुहले प्यानलगत उम्मेदवारी दर्ता गराउदै चुनावी मैदानमा होमिएका छन् ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको प्रचार कार्यालयमा आयोजित कार्यक्रमका बीचमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अच्युत प्रसाई, नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौेडल, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका पूर्वअध्यक्ष जगदीश बैश्य, काँग्रेस नेता सुरेश कनोडियालगायतले ७ पृष्ठ लामो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका थिए ।
रौनियार समूह आफु नेतृत्वमा पुगे नेपालगञ्जको उद्योगी व्यवसायीहरुको सुरक्षा र सम्मान गर्दै गुमेको साख फर्काउन पहल गर्ने, नेपालगञ्जलाई व्यावसायिक, तथा पर्यटकिय क्षेत्रको विकास गर्ने लगायतका १७ बुँदे प्रतिबद्धता–पत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता–पत्रमा व्यवसायिक सुदृढिकरणका लागि आवश्यक नीतिगत सुधारको पहल गर्ने, व्यवसायीहरुको प्राज्ञिक विकासलाई विस्तार गर्ने, सुख्खा बन्दरगाह निर्माणका लागि सम्बन्धित निकायसँग पहल गर्ने, सूचना र संचार पारदर्शीताको आधार भन्ने नारालाई चरितार्थ गर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी नेपालगन्ज उद्योग बाणिज्य संघको अल्पकालीन तथा दीर्घकालीन रणनैतिक योजना तथा कार्ययोजना तयार गर्ने र कार्यान्वयन गर्ने, संघको विधान अक्षरसः पालन गर्दै संघको मानमर्यादालाई उच्च बनाउनुका साथै विधानमा भएको कमी कमजोरीलाई विधानमा संशोधन समायानुकूल सुधार गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
प्रतिबद्धता–पत्र सार्वजनिक कार्यक्रमलाई सम्वोधन गर्दै संघका पूर्वअध्यक्ष अच्युत प्रसाईले उद्योग बाणिज्य संघको गरिमा जोगाउनका लागि रौनियार समुह नेतृत्वमा आउन आवश्यक रहेको औल्याए । उनले भने–‘संघमा परिपक्व नेतृत्व जरुरी छ रौनियार प्यानल सक्षम र योग्य छ ।’
कार्यक्रममा उठेका प्रश्नको जवाफ अध्यक्षका प्रत्यासी रौनियार र पूर्व अध्यक्ष प्रसाईले दिएका थिए ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको अध्यक्षतामा सम्पन्नम भएको कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णु लामिछानेले स्वागत गरेको कार्यक्रममा आफ्ना उम्मेदवारलाई परिचय गराईएको थियो ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले रौनियारको नेतृत्वमा उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै सदस्यहरुमा अजयकुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णुप्रसाद श्रेष्ठ, टंकप्रसाद शर्मा, मख्खनबहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्रराज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहेका छन् ।

Next Post

प्रहरीप्रतिको विश्वासका कारण मुद्धाको चाप बढ्यो : प्रहरी उपरीक्षक ओली

३ माघ २०७६, शुक्रबार १८:१६
सदरलाइनडटकम, नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समयमा मुद्धा दर्ता गर्ने क्रम बढेको जनाएको छ । बढ्दो जनचेतनाको कारण गाउँ घरमै दवाएर राख्ने गरेका अपराधिक गतिविधिहरु प्रहरी समक्ष आउन थालेकोले पनि प्रहरीमा मुद्धाको चाप बढेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षको अर्धबार्षिक गतिविधिलाई समीक्षा गर्दै […]

ताजा अपडेट