किसोरीलाई एकदिने मोटिभेसन तालिम

सदरलाइन संवाददाता १२ मंसिर २०७९, सोमबार १८:३६
 

बर्दिया : बाँके युनेस्को क्लवले प्लान नेपालसंगको साझेदारीमा युवा महिलाहरुको आर्थिक सशक्तिकरणका लागि बर्दियाको गुलरिया नगरपालिकामा सीप विकास तालिमका लागि छनौटमा परेकी किशोरीलाई एकदिने मोटिभेसन तालिम सञ्चालन गरेको छ ।

क्लवले प्लान नेपालको सहयोगमा गुलरिया नगरपालिकाका विभिन्न वडामा रहेका विपन्न सिमान्तकृत तथा सामाजिक बहिष्करणमा परेका १८ वर्षदेखि २४ वर्ष उमेर समुहका २७ जना किशोरीलाई छनौट गरी उनीहरुलाई आफुले रोजेको आयआर्जनको काममा दत्त चित्त भएर लाग्ने प्रेरणा मिलोस भनेर मोटिभेटिभ तालिम सञ्चालन गरेको हो । सो तालिमको सहजिकरण दीपक भट्टराईले गरेका छन ।


क्लवले बर्दियाको गुलरिया र ठाकुरबाबा नगरपालिकामा व्यवसायिक र रोजगारी व्यवस्थापन शशक्तिकरण परियोजनाको उत्प्रेरणा कार्यक्रम अन्तरगत विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गोबिन्दप्रसाद लामिछानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

१२ मंसिर २०७९, सोमबार १८:३६
नेपालगञ्ज : कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया […]

सम्बन्धित