२२ तले धरहरामा गजुर र शिवलिङ्ग राखियो

सदरलाइन संवाददाता ८ बैशाख २०७८, बुधबार १३:४६
 

 

काठमाण्डौं : पुननिर्माण सकिएको २२ तले धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी बाहिर सुनको जलप लगाएर धरहराको टुप्पोमा राखिएको हो । गत आइतबार गजुर राखिएको धरहरामा आज २२ औँ तलामा शिवलिङ्ग राखिएको छ ।

पुरानै शिव लिंगलाई आज विशेष पूजा गरेर स्थापना गरिएको हो । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख ११ गते धरहरा उद्घाटन गर्दैछन् । सर्वसाधारणका लागि केही समयपछि मात्र खुला गरिनेछ । करिब ३ अर्ब ४८ करोड अनुमानित लागतमा निर्माणाधीन धरहरा निर्माण ठेक्का जिआइटीसी रमन जेभीले २०७५ असोज १४ गते पाएको थियो ।


डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारी क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्प संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको छ । भूकम्पले भत्काएको धरहराको भग्नावशेषलाई भने सिसाले छोपेर नयाँ धरहरा छेवैमा राखिएको छ ।

पुनर्निर्मित धरहराको कुल उचाइ ८० मिटर छ । यसलाई पुरानै संरचनामा निर्माण गरिएको हो । बीसौं तलाबाट काठमाडौंको दृश्यावलोकन गर्ने व्यवस्था मिलाइएको छ । बाइसौं तलामा भने पुरानै शिवलिंग स्थापना भएको छ ।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विसं १८८१ मा बनाएको धरहरा १९९० को भूकम्पले ढलाएको थियो । सुरुमा ११ तला रहेको धरहरालाई १९९२ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले ९ तलाको रहनेगरी पुनर्निर्माण गराएका थिए । सेतोपाटीबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा १ सय ४० भर्ना, ३६ गम्भीर, ५ भेन्टीलेटरमा

८ बैशाख २०७८, बुधबार १३:४६
नेपालगञ्ज  : नेपालगञ्जको भेरी अस्पतालमा कोरोना संक्रमणको कारण उपचारको लागि १ सय ४० संक्रमित भर्ना भएका छन् । यी मध्ये ३६ जनाको अवस्था गम्भीर रहेको छ भने ५ जनालाई भेन्टीलेटरमा रखिएको छ । नेपालगञ्ज उपमहानगर क्षेत्र भित्रमात्र आजका मितिमा ७ सय ३५ जना संक्रमित रहेका मध्ये नेपालगञ्जको भेरी अस्पतालमा ५६ […]