कोहलपुर खानेपानी संस्थामा तालाबन्दी

सदरलाइन संवाददाता २२ जेष्ठ २०८०, सोमबार १३:५७
 

कोहलपुर (बाँके) : कोहलपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गदै खानेपानी संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ ।

संस्थामा आबद्ध आम उपभोक्ताहरूले छानबिनबाट आर्थिक हिनामिना भएको ठहर भएको जनाउँदै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेका हुन् ।

साधारण सभामा कोषाध्यक्ष एक नारायण चापागाईँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारे पनि सो प्रतिवेदन हाललाई गुपचुप राख्न खोजिएको उपभोक्ताको आरोप छ । प्रमुख दलहरूको आग्रहमा समितिले प्रतिवेदन सार्वजनिक गर्न नसकेको जनाइएको छ ।


संस्थाका सदस्य सञ्जय मण्डलले प्रतिवेदन सार्वजनिक नभएसम्म कुनै गतिविधि गर्न नदिने बताए । उनले प्रतिवेदन तयार भई सकेपछि कसले सो प्रतिवेदन सार्वजनिक नगर्न दबाब दिएको सो कुरा पनि बाहिर आउनुपर्ने माग गरे । संस्थाका अधिकांश उपभोक्ताहरूले प्रतिवेदन सार्वजनिक नगर्दासम्म निर्वाचन गर्न नहुनेमा जोड दिएका छन् ।

उपभोक्ताहरूको एक समूहले कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई भेटी प्रतिवेदन सार्वजनिक गरेर मात्रै निर्वाचन प्रक्रिया शुरु गर्न ध्यानाकर्षण गराएको छ ।

संस्थामा करिब ३० लाखको बेरुजु रहेको र ठुलो रकम हिनामिना भएको उपभोक्ताको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवा तटबन्ध र सिकलसेलका लागि १ करोड २० लाख बजेट

२२ जेष्ठ २०८०, सोमबार १३:५७
कोहलपुर (बाँके) : आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि संघीय सरकारले कोहलपुरमा दुई वटा योजनामा बजेट विनियोजन गरेको छ । कोहलपुर नगरपालिकाले माग गरेकामध्ये समपुरक र विषेशतर्फ दुई वटा योजनामा संघीय सरकारले १ करोड २० लाख बजेट विनियोजन गरेको हो । कोहलपुर नगर कार्यपालिकाको मंसिर २७ गते बसेको बैठकले समपुरक […]