लायन्स गाभर पार्कमा संरचना थप गर्दै लायन्सहरु

सदरलाइन संवाददाता २७ मंसिर २०७८, सोमबार १८:३८
 


नेपालगञ्ज : समाज सेवामा अग्रणी संस्था लायन्स क्लव अफ ईन्टरनेशनल डिस्ट्रिक ३२५ बी–२ का संस्थापक डिस्ट्रिक गर्भनर सेम शाक्यको ड्रिम प्रोजेक्ट ‘लायन्स गाभर’ पार्कमा नयाँ संरचना थपिने भएका छन् ।

मुलुकको १०० औ गन्तब्य मध्येको एक लायन्स गाभर पार्कमा लायन्स क्लव अन्तरगत एरिया नं. ६ का क्लवहरु समेतका सक्रियतामा संरचनाहरु थप हुने संस्थापक डिस्टिक गर्भनर शाक्यले जानकारी दिए ।

बैजनाथ गाउपालिकाको वडानं. १ मा अवस्थित रहेको सो पार्कमा सेल्फी पार्क, बनभोज स्टल, बोटनिकल गार्डेन निर्माण भएको छ । गत शनिबार थप संरचना निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको लायन्स फेलोसिप कार्यक्रमबाट दुईवटा पिकनिक सेड थप निर्माण गर्ने भएको हो ।


संस्थापक डिस्टिक गर्भनर शाक्यका अनुसार सो फेलोसिप कार्यक्रमले लयान्स क्लव नेपालगञ्ज सिटीले १ र लायन बालकृष्ण बुर्लाकोटी अन्तरष्ट्रिय डाईरेक्टर ईन्डोर्सले नीजि खर्चमा १ वटा पिकनिक सेड निर्माण गर्ने घोषण गरेका छन् ।

यसका अलवा सो पार्कमा बाघ र हात्तिको मूर्ती, होर्डिङ्ग बोर्ड, लायन्स स्तम्भमा रहेको लोगो नयाँ निर्माण गरी राख्ने गरी तयारी भएको उनले बताए । लायन्स गभर पार्कमा बाँके, बर्दिया, सुर्खेत, दाङ्गलगायतका जिल्लाबाट बनभोजको लागि मानिसहरु आउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेक्वान्दो छनोट सम्पन्न

२७ मंसिर २०७८, सोमबार १८:३८
काठमाडौं :  काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि […]