बास नेपालमा बर्माको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन

सदरलाइन संवाददाता २४ चैत्र २०८१, आईतवार १९:०६
 

नेपालगञ्ज : सुशासन तथा भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको १० राष्ट्रिय महाधिवेशबाट शिवकुमार बर्माको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

गत चैत्र २३ गते नेपालगञ्जमा सम्पन्न संस्थाको दशौं महाधिबेशनले बर्माको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

बास केन्द्रीय समितिको उपाध्यक्षमा खुमेस सुवेदी, उपाध्यक्ष (महिला) दिला शाह, महासिचबमा कल्पना अधिकारी, सचिब पाण्डब पुजारा, सचिब (महिला) जोशिना थारु र कोषाध्यक्षमा धिरेन्द्र शाही चयन भएका छन् ।


यसैगरी संस्थाको केन्द्रीय सदस्यमा अमरबहादुर शाही, भुपेन्द्र बस्नेत, बसन्ती रोकाया, ललिता बिश्वकर्मा, इश्वर बिक, जुमान सिंह केसी र मनमोहन बर्मा चयन भएका छन् । प्रदेश सदस्यमा क्रमशः सुदुरपश्चिम चिरन्जिबी छेडाल, कर्णाली भगवती बिसी, लुम्बिनी सिम्रत कौर, गण्डकी कमलबहादुर शाही, बाग्मती सागर बोहरा, मधेश गोबिन्द बिष्ट र कोशी इन्द्रबहादुर केसी चयन भएका छन् ।

नव निर्वाचित कार्यसमितिले शनिवार नै पद तथा गोपनियताको सपथ लिएका छन् । दशौं महाधिबेशन निर्वाचन समितिमा बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिना, केशब कोईराला र पूर्ण प्रसाद रहेका थिए ।

नवनिर्वाचित समितिलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष बर्माले सबैको भावनाको कदर गर्दै संस्थाको गरिमालाई थप उचाई सम्म पुर्याउन केन्द्रीय कार्यसमिति लागि पर्ने प्रतिबद्धता गरेका थिए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका निर्वतमान केन्द्रीय अध्यक्ष लुना बुढाथोकीेले गरेका थिए । बास नेपाल देश भरका ७७ वटै जिल्लामा शाखा विस्तार गरी सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ईत्तेहादको सचिवालय नेपालगञ्जमा सञ्चालनमा ल्याईयो

२४ चैत्र २०८१, आईतवार १९:०६
नेपालगञ्ज : नेपाल सरकारका भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लोकतान्त्रिक गणतन्त्रलाई मन नपराउने तत्वहरु सल्बलाउँदै गएको बताएका छन् । नेपालगञ्जमा नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सचिवालय उद्घटन गर्दै मन्त्री अधिकारीले मौकाको फाइदा लिने कोशिसमा रहेका लोकतन्त्र विरोधी तत्वलाई खबरदारी गर्दै सरकारले अघि सारेका योजना सफल बनाउनुपर्नेमा […]