सदरलाइनडटकम
नेपालगन्ज : स्थानीय तहमा आगामी वर्षको लागि स्वास्थ्य योजनाका बारेमा सरोकारवाला निकायबीच एक दिने अभिमुखिकरण सम्पन्न गरिएको छ ।
प्रदेश सरकार, प्रदेश नं.५ समाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा बुटवलले नेपालगन्जमा आयोजना गरेको सो अभिमुखिकरणको समाजिक विकास मन्त्रालयका सचिव पुष्कराज पन्तले एक कार्यक्रमका बीचमा उद्घाटन गरेका हुन ।
बाँके र बर्दियाका सबै स्थानीय तहका स्वास्थ्य संयोजक सहभागी रहेको कार्यक्रममा विभिन्न पाँच शिर्षकमा प्रस्तुती गरी स्थानीय तहमा स्वास्थ्य योजना कसरी बनाउने भन्ने विषयमा अभ्यास समेत गरिएको स्वास्थ्य सेवा महाशाखा परिवार नियोजन निरिक्षक नवराज कंडेलले जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन तथा जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले दिएको जनाकारी अनुसार स्वास्थ्य सेवा महाशाखाका डा. उमाशंकर प्रसाद चौधरी, स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्रकुमार पाण्डे, बाँकेका निमित्त जनस्वास्थ्य प्रमुख प्रेम केसी, स्वास्थ्य सेवा महाशाखा परिवार नियोजन निरिक्षक कंडेललगायतले प्रस्तुती गरेका थिए ।
जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीबास्तवको विषेश उपस्थितिमा समपन्न कार्यक्रममा स्वास्थ्य विकासको आधार, स्वास्थ्यका क्षेत्रमा स्थानीय, प्रदेश र सघका भूमिका, आधारभूत, निःशुल्क र समाजिक स्वास्थ्य सुरक्षालगायतका विषयमा प्रस्तुती हुनुको साथै स्थानीय तहमा स्वास्थ्य संस्थाको व्यवस्थापनका विषयमा छलफल भएको थियो ।