बाँकेमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

सदरलाइन संवाददाता २६ आश्विन २०७९, बुधबार १३:४६
 

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा बुधवार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जीपमा सवार ३ जना यात्रु घाइते भएका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको हो ।

काठमाण्डौ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२८ च ००४४ नम्बरको टाटासुमो जीप बुधवार बिहान सवा ७ बजे अनियन्त्रित भएर पल्टिँदा चालकसहित ४ जना घाइते भएका थिए । घाइतेहरूलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारकै क्रममा चालकको बिहान ८ बजे मृत्यु भएको हो ।


घाइते भएकामध्ये वीरेन्द्रनगर नगरपालिका ७ का २२ वर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खसी विक्री नहुँदा बाँकेका किसान चिन्तित्

२६ आश्विन २०७९, बुधबार १३:४६
नेपालगञ्ज : दशैंमा विक्री गर्न पालिएका खसी विक्री नहुँदा बाँकेका किसान निराश भएका छन् । यो वर्षको दशैं लक्षित गरी बाँकेका महिला किसानले एक हजार सात सय खसी विक्री गर्ने लक्ष्य राखेका थिए । तर दशैंमा पाँच सय खसी मात्रै विक्री भएको सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेकी अध्यक्ष वसन्ती […]