बाँकेमा एमालेको दुई महिने निर्वाचन अभियान सञ्चालन

सदरलाइन संवाददाता ३० भाद्र २०७९, बिहीबार १४:०७
 

नेपालगञ्ज : नेकपा (एमाले) बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । अभियानको सोमबारराती नेपालगञ्जस्थित पार्टी कार्यालयमा पार्टीका महासचिव शङ्कर पोखरेलले उदघाटन गरेका थिए ।

महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई झोला र डायरी हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरेका हुन् ।

नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार, बिहिवार जिल्लास्तरीय कार्यकर्ता भेला गरी अभियानमा खटिने नेता कार्यकर्तालाई झोला हस्तान्तरण गरिएको छ ।


दुई महिने अभियानमा पार्टीका करिब दुईसयजना अगुवा नेता कार्यकर्ता वडाका हरेक टोलमा पुगेर सङ्गठन विस्तार, भेला, बैठकमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने, योजना बनाउने काममा परिचालन हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा नवजात शिशु मृत्युदर उच्च

३० भाद्र २०७९, बिहीबार १४:०७
नेपालगञ्ज : सल्यानमा नवजात शिशु मृत्युदर उच्च देखिएको छ । गर्भवती अवस्थामा स्याहारसुसार नपाउँदा महिलाको ज्यान पनि जोखिममा देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा १८, ०७७/०७८ मा १५ र ०७८/०७९ मा १० नवजात शिशुले ज्यान गुमाएका छन् । त्यस्तै, आर्थिक वर्ष ०७६/०७७ मा २७, ०७७/०७८ […]