बाँकेका सबै पालिकामा एमाले नेतृत्व सर्वसम्मत चयन

सदरलाइन संवाददाता ११ कार्तिक २०७८, बिहीबार १८:००
 


नेपालगञ्ज  : बिरोध चर्काचर्कीका बीचमा पनि नेकपा एमाले बाँकेका आठै पालिकामा सम्पन्न पालिका अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

गत कत्तिक ९ गते मैगलबारदेखि सुरु भएको पालिका अधिवेशनमा बाँकेका सबै पालिकामा सर्बसम्मत नेतृत्व चयन भएको एमाले केन्द्रीय सदस्य मो हारुण हल्वाईले जानकारी दिए । उनले केही मतभेद र नेतृत्वमा पुग्ने अभिलाषा बोकेका साथीहरुको कारण सर्बसम्मत बनाउन ढिलाई भएपनि अन्ततः सबै पालिकामा सबैपदमा नेतृत्व सर्वसम्मत भएको बताए ।

नेकपा एमालेको बैजनाथ गाउँपालिका स्तरीय गाउँकमिटीको अधिवेसनबाट अध्यक्षमा इन्द्रबहादुर थापा, उपाध्यक्षमा प्रेमपूर्णा योगी, सचिवमा प्रेम सुवेदी, उपसचिबद्वय एकता शाह र प्रेम खत्री सहित ७५ सदस्य कमिटी सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

नेकपा एमाले नेपालगञ्ज उपमहानगरको अध्यक्षमा दत्तप्रसाद आचार्य उपाध्यक्षमा अब्दुल हकिम हल्वाई र सचिवमा मोहित शाह, सह सचिवमा दिग्विजय ढुंगाना र उषा भण्डारी थापा सहित ७९ सदस्यीय कमिटी चयन गरेको छ ।

त्यसैगरी, डुडुवा गाउँपालिकाको अध्यक्षमा शकील खान, उपाध्यक्षमा विष्णु भण्डारी, सचिवमा विनयराज त्रिपाठी, उपसचिवमा लल्लन प्रसाद पाण्डे र ध्रुवकुमार चौधरी बर्माको नेतृत्वमा ७३ सदस्यीय डुडुवा गाउँपालिका कमिटी चयन गरेको छ ।


त्यसैगरी, नरैनापुरमा पञ्चराम यादव सर्वसम्मत अध्यक्षमा चयन भएका छन् । अधिवेशनले उपाध्यक्षमा प्रमोद मिश्रा, सचिवमा सुनैना मिश्रा, उपसचिवमा पारसनाथ पाण्डे र इन्द्रजित यादवलाई चयन गरेको एमाले नरैनापुरका इन्चार्ज शोहनलाल यादवले जानकारी दिए ।

बाँकेकै खजुरा गाउँपालिकाको अध्यक्षमा गेहेन्द्रप्रसाद धिताल सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले उपाध्यक्षमा झगबहादुर पौडेल, सचिवमा देउमाया थापा, उपसचिवमा लल्लन यादव र साविर जोलाहा सहित ७५ सदस्यीय कमिटीलाई चयन गरेको छ ।

नेकपा एमाले कोहलपुर नगरपालिका कमिटी अध्यक्षमा खिलप्रसाद भुसाल, उपाध्यक्ष नमप्रसाद शर्मा, सचिव माधव रिजाल, उप सचिव शान्ति सुनार उप सचिव गोमा खनाल लगायत ७५ सदस्यीय कार्य समिति चयन गरिएको छ । गत ९ गतेबाट नगर अधिवेशन शुरू गरिएको थियो । सहमति हुन नसक्दा २ दिनसम्म अधिवेशन लम्बिएको थियो ।

नेकपा एमाले राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा पुनः मनोज केसी निर्वाचित भएका छन् । पार्टीको गाउँपालिका स्तरिय अधिवेशनबाट सर्वसम्मत रुपमा केसीलाई चयन गरिएको हो । उनी यसअघि पनि पार्टीको राप्ती सोनारीको अध्यक्ष थिए । यस्तै समितिको उपाध्यक्षमा मदन ओली, सचिव सुधा चौधरी, सहसचिवमा पूर्ण चौधरी र घनश्याम बस्नेतसहित ४५ सदस्यीय समिति चयन भएको छ ।

यसैगरी जानकीमा बिसराम वर्माको अध्यक्षतामा सर्वसम्मत कमिटी गठन भएको सार्वजनिक भए पनि कमिटीको बैधानिकताको विषयलाई लिएर विरोध जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पालिकास्तरिय महिला भलिवलको तयारी सकियो

११ कार्तिक २०७८, बिहीबार १८:००
नेपालगञ्ज : जिल्ला खेलकुद विकास समिति, बाँकको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म (१२–१४ कात्तिकसम्म) खजुरास्थित भलिबल स्टेडियममा हुन लागेको पालिकास्तरिय महिला भलिबल प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । महिला भलिवलको राष्ट्रिय टीम तयार गर्ने उद्देश्यले पालिकास्तरिय प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले बताए । उनले गाउँ–गाउँबाट […]