प्रजातान्त्रिक समुहका महिला उद्यमीलाई तीज भन्दा चुनावी रौनक

५ भाद्र २०७३, आईतवार १२:५५
 

unnamed (2)

सदरलाइनडटकम  
५ भदौ, नेपालगन्ज : नेपाली महिलाको महान चार्ड हरितालिका तीज आउन केही दिनमात्रै बाँकी हुँदा नेपालगन्ज महिला उद्यमी तथा महिला नेतृहरुलाई भने तीजको रमझम भन्दा नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन आफ्नो पक्षमा नतिजा ल्याउन प्रचार अभियानलाई तीब्र पारेका छन् ।
‘हाम्रो लागि यतिखेर तीज भन्दा बढी महत्व नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन रहेकोले हामी हाम्रो समुहको पक्षमा प्रचारलाई तीब्र पारेका छौ’– प्रजातान्त्रिक समुहबाट प्रचार अभियानमा खटिएका महिलाहरुले सामुहिक रुपमा भने । यही भदौ ११ गते हुन लागेको संघको चुनावमा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहलाई विजयी गराउन उनीहरु दिनहुँजसो उद्योगी, व्यापारीको घरदैलोमा पुग्ने गरेका छन् ।unnamed
प्रजातान्त्रिक समुहले नै अबको उद्योग बाणिज्य संघको नेतृत्व हाँक्नुपर्छ भन्ने मान्यताका साथ आफुहरु घरदैलोमा हिडेको अभियानमा निरन्तर सहभागी व्यवसायी सुनिता बरालले बताईन् । गोपालप्रसाद अधिकारीले मात्र ब्यापारीको अभिभावकत्व लिन सक्ने भएकाले उनको समुहलाई जिताउन आफु लगायत सिंगा महिलाहरु अभियानमा हिडेको उनको भनाई छ ।
उद्योग वाणिज्य संघको निर्वाचनले नै तीजको झल्को दिएको अर्का महिला उद्यमी पिङ्की शाहले बताईन् । दिनभरी चुनावी अभियानमा ब्यस्त रहेपनि साँझको समयमा दिदीबहिनीसँग भेटघाट र नाँचगान गर्ने गरेको उनी बताउँछिन् ।
तीजका अवसरमा किनमेल गर्ने, राम्रो लगाउने, मिठो खाने, माइत जाने महिलाका रहर हुन्छन् । तर, वर्षमा एक पटक आउने तीजको रमझमलाई बिर्सेर चुनावी प्रचार–प्रसारमा महिलाहरु लागेको देख्दा उद्योगी, व्यवसायीहरु आश्चर्यमा परेका छन् ।
यसैबीच प्रचार प्रसारमा सक्रिय रहेका प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहका उम्मेदवारले आइतबार पनि मतदाता भेटघाट जारी राखेका छन् । अध्यक्ष पदका उम्मेदवार गोपालप्रसाद अधिकारी सहित उम्मेदवारको टोली कारकाँदो, राँझा लगायत क्षेत्रमा पुगेको थियो ।
सो क्रममा मतदाताले संघमा निर्वाचित भएपछि सबैभन्दा पहिले व्यवसायिको हक, अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका थिए । प्रजातान्त्रिक समुहले अध्यक्ष पदमा अधिकारी सहित उपाध्यक्ष (उद्योग)मा प्रदिपकुमार गुप्ता र उपाध्यक्ष (वाणिज्य) मा अमितकुमार बस्नेत तथा सदस्य पदमा सुरेन्द्र गुप्ता(बैश्य), हरिषचन्द्र श्रेष्ठ, धु्रबप्रसाद दहाल, सालिकराम सुवेदी, शंकरकुमार थापा, टेकबहादुर खड्का, सरोबर प्रसाई, तपेन्द्र विक्रम शाह, रोहित टण्डन, फरीदुल हक, सफिक बेहना, सुनिल सिंघललाई चुनावी मैदानमा उतारेको छ ।


unnamed (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारोत्तोलनका ओलम्पियन हमालको बायोग्राफी आउने

५ भाद्र २०७३, आईतवार १२:५५
सदरलाइनडटकम ५ भदौ, नेपालगन्ज : भारत्तोलनका ओलम्पियन खेलाडि सुरेन्द्र हमालको खेल जीवनसंग संबन्धित बायोग्राफी प्रकाशन हुने भएको छ । ‘खेल, राजनीति र सामाजिक सेवाको क्षेत्रमा गरेका क्रियाकलापलाई समेटेर आफ्नो भोगाई लेख्ने कोशिस गरेको छु’–नेपालगन्ज–२ घरबारीटोलका ओलम्पियन हमालले भने । सो बारे जानकारी दिन हमाल निबास मै केही सञ्चारकर्मीसंग कुरा गर्दै […]