गुल्मीमा जीप दुर्घटना हुँदा ३ को मृत्यु, ७ घाइते

सदरलाइन संवाददाता १३ श्रावण २०७८, बुधबार १२:५४
 

गुल्मी : मुसिकोट नगरपालिकामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु र सातजना घाइते भएका छन् ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जिप मुसिकोट नगरपालिका–४ को दोभानमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन् ।


घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकको मृत्यु

१३ श्रावण २०७८, बुधबार १२:५४
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । ठाकुर बाबा नगरपालिका–९ बर्दियाका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । असार २० गते भेरी अस्पतालमा भर्ना भएकाउनको त्यसको भोलिपल्ट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उनलाई कोभिड वार्डमा राखेर उपचार सुरु गरिएको […]