नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्रको उदघाटन

सदरलाइन संवाददाता २७ असार २०७९, सोमबार १५:२६
 

नेपालगञ्ज : नेपालगञ्जमा लायन रामनारायण मधुमेह सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । उक्त केन्द्रको सोमवार एक कार्यक्रमका बीच स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले उदघाटन गरेका हुन् ।

करिब २० लाखको लागतमा मधुमेह सेवा केन्द्र निर्माण गरिएको लायन्स पूर्व डिष्ट्रिक गभर्नर शेम शाक्यले बताए । त्यसमा लायन रामनारायणको परिवारबाट करिब १२ लाख बाँकी स्रोत लायन्स मेम्बर तथा क्लबहरुबाट जुटाइएको उनको भनाइ छ ।

स्वास्थ्यकर्मी समेत रहेका लायन शाक्यले केन्द्रबाट बजारमा गरिने परीक्षण भन्दा ५० प्रतिशत कम शुल्कमा रक्त परीक्षण गर्ने जानकारी दिए । उनले सेवा केन्द्रबाट लिभर, किड्नीको फङ्सन परीक्षण हुने बताए । केन्द्रमा २ जना कन्स्लटेन्ट चिकित्सकले सेवा समेत दिने उनको भनाइ छ ।


मधुमेहका बिरामी बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर छुट्टै अस्पताल स्थापना गरिनु उपलब्धीपूर्ण रहेको मन्त्री केसीले बताए । उनले लायन रामनारायणले अस्पताल निर्माणका लागि पु¥याएको योगदानको उच्च प्रशंसा गरे ।

कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त विष्टले अस्पताल सञ्चालनमा आउनु सुखद कुरा भएको भन्दै उपमहानगरबाट हुनसक्ने आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

पछिल्लो समय परिर्वतित जीवनशैलीका कारण लाखौँ मानिसहरुमा मधुमेहको समस्या बढी देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको १७ हजार हेक्टर जमिनमा पुग्यो सिक्टाको पानी

२७ असार २०७९, सोमबार १५:२६
नेपालगञ्ज : बाँकेको १७ हजार हेक्टर जमिनमा सिक्टाको पानी पुगेको छ । राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको पश्चिमी नहर र पूर्वी नहरको केही क्षेत्रमा पानी दिएपछि अहिले सो नहरकै कारण १७ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजना नेपालगञ्जका निर्देशक डा.सन्तोष कैनीले जानकारी दिए । उनले आयोजनाको नहरमा […]