घरदैलोसंगै मतदाता शिक्षामा केन्द्रित हुँदै बैजनाथ एमाले

सदरलाइन संवाददाता २४ बैशाख २०७९, शनिबार १६:२१
 


बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकामा नेकपा एमालेले टोल टोलमा घरदैलोसंगै मतदाता शिक्षालाई समेत तिब्रता दिएको छ ।

बैजनाथ गाउँपालिकामा अध्यक्षका उम्मेदवार घननाथ खनालले शनिबार बैजनाथ गाउँपालिका वडान २ का विभिन्न टोलहरुमा घरदैलोसंगै मतदाता शिक्षालाई प्रभावकारी रुपमा लैजान थलिएको बताए । उनले यसकार्यको लागि उम्मेदवार सहित वा स्थानीय टोलकमिटीले स्वस्फूर्त अभियान सञ्चालन गरेको बताए ।


बैजनाथमा मकैवारीटोल कल्लारामपुर रापुर त्यसै वडान ३ स्थित उत्तर लदौउरा जस्ता टोलहरुमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन स्थानीय टोलकमिटी मतदाताको घरदैलोका खटिएको उनले बताए । उनीसँग वडा अध्यक्ष उम्मेदवार सदस्य उम्मेदवार पार्टीका जिम्मेवार व्यक्तिहरु समेत परिचालित भएका छन ।

त्यसैगरी आगामी बैशाख ३० को निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्नको लागि आव्हान सहित नेकपा एमालेका २३ भातृृ संगठनहरु समेत मतदाता शिक्षामा खटिएको नेकपा एमाले पालिका अध्यक्ष ईन्द्र थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज जित्नैपर्ने मनोविज्ञानमा एमालेका कार्यकर्ता

२४ बैशाख २०७९, शनिबार १६:२१
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्रले कार्यकर्ता तहमा यसपटक मेयर, उपमेयर जित्नैपर्ने पक्षमा नेता कार्यकर्ताले दृढ एकता देखाएको बताएका छन् । कार्यकर्ताको एकता र स्वतन्त्र मतको समेत सहानुभुतीबाट आफुहरुले जित्ने मिश्रले बताए । नेपालगन्जमा एमालेलाई २०५४ सालको जित दोहो¥याउने अवसर देखेका एमालेका नेता […]

सम्बन्धित