एक वर्षमा प्रेस स्वतन्त्रता हननका ५५ घटना

सदरलाइन संवाददाता २० बैशाख २०७९, मंगलवार १४:१२
 

नेपालगञ्ज : गत एक वर्षका अवधिमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी ५५ वटा घटना भएको अध्ययनले देखाएको छ। फ्रिडम फोरमले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सार्वजनिक गरेको रिपोर्टमा प्रेस स्वतन्त्रता हनन सम्बन्धी उक्त तथ्याङ्क उल्लेख गरिएको छ।

उक्त संस्थाका अनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा प्रेस स्वतन्त्रता हनन सम्बन्धी घटना घटेका छन्। अघिल्लो वर्ष ८८ वटा प्रेस स्वतन्त्रता हनन सम्बन्धी घटना भएको रिपोर्टमा उल्लेख गरिएको छ। एक वर्षको अवधिमा पत्रकारमाथि आक्रमण, दुव्र्यवहार, गिरफ्तार, धम्की लगायतका ९६ घटना भएको रिपोर्टमा उल्लेख गरिएको छ।


रिपोर्टमा राजनीतिक दल र सरकारी निकायका तर्फबाट प्रेस स्वतन्त्रताका लागि लिखित र मौखिक प्रतिबद्धता जनाए पनि व्यवहारमा बेवास्ता गरेको उल्लेख गरिएको छ। रिपोर्टमा दण्डहीनतालाई न्यून गर्न पत्रकार विरुद्धको अपराध तथा अभिव्यक्ति स्वतन्त्रतालाई दबाउने प्रयासलाई सम्बोधन गर्नुपर्नेमा त्यसो नगरिएको जनाइएको छ। त्यस्तै महामारिले पत्रकारहरूले सार्वजनिक निकायले गरेका गतल गतिविधि र अनियमतितालाई सार्वजनिक गर्दै जवाफदेही बनाउने भूमिकामा असर पारेको उल्लेख गरिएको छ।

रिपोर्टमा इन्टरनेटमा आधारित मिडियाको संख्या तीन हजार पुगेको उल्लेख गरिएको छ। यो सकारात्मक पक्ष भए पनि गलत सूचनाको बाढीले गर्दा मिडिया र श्रमजीवी पत्रकारहरूको विश्वसनीयता कमजोर हुँदै गइरहेको जनाइएको छ। इन्टरनेटमा आधारित समाचार माध्यमको बढ्दो अवस्थाले पत्रकारहरू परम्परागत मिडियाबाट डिजिटल मिडियातर्फ आकर्षित भएको र यसको मुख्य कारण कोरोना महामारीका कारण प्रिन्ट मिडिया पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा काँग्रेस उम्मेदवार आचार्य र सुवेदी घरदैलोमा

२० बैशाख २०७९, मंगलवार १४:१२
कोहलपुर (बाँके) :  नेपाली काँग्रेसबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेद्वार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदीले कोहलपुर नगरपालिका वडा नं. ५ का मतदातासँग भेटघाट गरेका छन् । स्थानीय तहको निर्वाचनका क्रममा नेपाली काँग्रेसका उम्मेद्वारहरुले घरदैलो अभियान कार्यलाई तिव्रता दिएका छन् । सो क्रममा नगर प्रमुख पदका उम्मेद्वार […]