इस्लाम धर्मावलम्बीको पर्व रोजा अर्थात् रमजान शुरु

सदरलाइन संवाददाता २० चैत्र २०७८, आईतवार १३:४६
 

नेपालगञ्ज : इस्लाम धर्मावलम्बीको पर्व रमजान शुरु भएको छ । रमजान पर्वमा मुस्लिम समुदायले एक महिनाभर बिहान सूर्योदय हुनु अघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत नखाई रोजा बस्छन् ।

उर्दू क्यालेण्डर अनुसार बिहान सवा ४ बजेदेखि बेलुका ६ बजेर २० मिनेटसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुने गर्छ ।


रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ । दान दिनु गरीब र दीनदुःखीलाई सेवा गर्नु यो महिनाको मुख्य विशेषता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

२० चैत्र २०७८, आईतवार १३:४६
नेपालगञ्ज : ट्रयाक्टरबाट खसेर जुम्लामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–७ मिचागाउँका २२ वर्षीय सन्तोष नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिंजा गाउँपालिकाको नराकोटमा ट्रयाक्टरबाट खसेर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।