नेपालगञ्जमा उद्योग व्यापार महोत्सव सञ्चालन हुने

सदरलाइन संवाददाता १२ पुष २०७८, सोमबार १३:४८
 

नेपालगञ्ज : नेपालगञ्जमा उद्योग व्यापार महोत्सव लाग्ने भएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघले व्यापार महोत्सव लगाउने औपचारिक निर्णय गरेसँगै व्यापार महोत्सव लाग्ने निश्चित् भएको हो ।

यही माघ १५ गतेदेखि महोत्सव लगाउने निर्णय भएको उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले जानकारी दिए । महोत्सव २५ गतेसम्म लगाउनेगरी तयारी शुरु गरिएको छ ।


कोरोना भाइरस महामारीका कारण विगत दुई वर्षदेखि नेपालगञ्जमा व्यापार महोत्सव लागेको छैन । अब्दुल वाहिद मन्सुरीले संघको नेतृत्व लिएसँगै भाइरस संक्रमणको महामारी फैलिएकाले संघले उद्योगी व्यवसायीको क्षेत्रमा पनि उल्लेखनीय काम गर्न सकेको छैन् ।

महोत्सवकै तयारी गर्नुपर्ने भएकाले संघले आफ्नो साधारणसभा समेत तत्कालका लागि स्थगित गर्दै यही पुष १७ गते स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको महासचिव ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथमा निःशुल्क आँखा शिविर

१२ पुष २०७८, सोमबार १३:४८
नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा सोमवारदेखि निःशुल्क आँखा शिविर शुरु भएको छ । पुष २१ गतेसम्म चल्ने शिविर फत्तेवाल आँखा अस्पताल फुलटेक्रा नेपालगञ्जको आयोजना र तेज कोहली रुइत फाण्डेशन काठमाण्डौको सहकार्यमा आयोजना गरिएको हो । सोमवार पहिलो दिन स्वास्थ्य चौकी चिसापानीमा शिविर भइरहेको छ । ४० वर्ष भन्दा माथिका व्यक्तिहरुका […]