सदरलाइनडटकम
४ जेठ, नेपालगन्ज : बाँके प्रहरीले कोहलपुरका एक युवकका साथबाट २ पुडिया ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहीबार साँझ पौने ५ बजे सीमावर्ती रुपैडिहाबाट नेपालगन्ज आउदै गर्दा नेपालगन्जको जमुनाह चेक प्वाईन्टमा चेक जाँच गर्ने क्रममा कोहलपुर–१२ का २२ बर्षिय शक्ति रोकायको साथबाट २ पुडिया ब्राउन सुगर बरामद भएको हो ।
प्रहरीले रोकायलाई नियन्त्रणमा लिएर अनुसंधान गरी रहेको जनाएको छ । यसैबीच जनाकी गाउपालिका–२ बोगटियामा भएको सडक दुर्घटनामा ८ वर्षिया बालिका घाइते भएकी छन् । प्रहरीका अनुसार खजुरा गाउपालिका–१ का दिनेश रानाले चलाएको भे ६ प २९७६ नं.को मोटरसाइकलले ठक्कर दिदा भारत स्थायी घर भई मामाको घरमा बस्दै आएकी वर्ष ८ की सरिता कायर घाइते भएकी हुन । उनको वेष्ट्रन हस्पिटलमा नेपालगन्जमा उपचार भईरहेको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।
