३०औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नेपालगञ्जमा विभिन्न कार्यक्रमका साथ मनाईयो

सदरलाइन संवाददाता १७ मंसिर २०७८, शुक्रबार १८:२४
 

नेपालगञ्ज : ३० औं अन्तराष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्याक्रमका साथ मनाईएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले विभिन्न सामाजिक संघसंस्था संगको समन्वय–सहकार्यमा दिवस मनाएको हो ।

सो दिवसका अवसरमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीबास्तवले आफु पनि पहेलो परिचय पत्रधारी अपाङ्ग रहेको बताउदै जनप्रतिनिधि निर्वाचित भएपछि अपाङ्गगमैत्री छात्रा विद्यालय, विद्यालयका कक्षाकोठा, स्वास्थ्यकेन्द्र जास्ता पूर्वाधार निर्माण गरेको बताए ।

उनले अपाङ्गता क्षेत्र सबै जनप्रतिनिधिको चासो प्राथामिकाताको विषयको क्षेत्र नभएको पनि गुनासो गर्दै भने–‘ हामी यति ठूलो कार्यक्रम उपमहानगरपरिसरमा गर्दै छौ तर, यहाँका जनप्रतिनिधि कसैले पनि चासो दिएको छैन । यो अत्यन्त दुख्खको कुरा हो ।’


नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत गुरुदत्त सुवेदीले अपाङ्गगता भएका व्यक्तिहरुका समस्या समाधानको पाटोमा निरन्तर लागि रहेको बताउदै परिचय पत्र तथा अन्य सेवा सुविधा उपलब्ध गराउन उपमहानगर तयार रहेको प्रतिबद्धता जनाए । उनले सकेसम्म अपाङ्गता हुन नदिनको लागि सचेतना अपनाउदै भएकालाई राज्यले दिने सेवा सुविधामा जोड्नको लागि आग्रह गरे ।

नेपालगञ्ज उप–महानगरपालिका महिला बालबालिका तथा सामाजिक महाशाखा प्रमुख शोभा शाहले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताको लागि सरकार सामाजिक संघसंस्थाको सहकार्यबाट पहल हुँदै आएको भएपनि सरोकारवालाले सो कुराको महशुश गर्न नपाए पनि पहल जारी राख्नु पर्नेकुरामा जोड दिईन ।

नेपाल नेत्रहीन संघका भोलानाथ त्रिपाठीले मौजुदा नीति नियम अक्षरस कार्यान्वयन गर्नेहो भने अपाङ्गगता भएका व्यक्तिको समस्या आफैमा समाधान भएर जाने कुरामा जोड दिए । उनले सहभागिता र रोजगारमा समानुपातिक समावेश आवश्यक रहेको औल्याए ।

यस बर्ष ‘हाम्रो प्राथामिकताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ मनाईएको छ । भावुक जंग थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्नुका साथसाथै सबैका लागि पढाई परियोजना अन्र्तगत श्रोत कक्षाका बालबालिकाहरु विच पढाई प्रतियोगिता समेत भएको थियो । कार्यक्रममा अपाङ्गता भएका विभिन्न व्यक्तिहरुले आ–आफ्नो प्रतिभा समेत प्रस्तुत गरेका थिए । नेपालगञ्ज उप–महानगरपालिकाबाट हालसम्म ९ सय ३६ जनाले अपाङ्गताको प्रमाणपत्र लिएको र नगरभित्र ३ हजार जति अपाङ्गता भएका व्यक्ति हुनसक्ने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज वाकाथनको तयारी तीब्र

१७ मंसिर २०७८, शुक्रबार १८:२४
नेपालगञ्ज  : भ्रष्टाचारबिरुद्ध नेपालगञ्ज वाकाथनको तयारीलाई तीब्र पारिएको छ । भ्रष्टाचारबिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगञ्जको व्यवस्थापनमा हुन लागेको कार्यक्रमको तयारीलाई थप तीब्रता दिन बास केन्द्रीय कार्यसमिति र कार्यक्रम तयारीका लागि गठित विभिन्न समितिका संयोजकहरु बिचमा संयुक्त बैठक सम्पन्न भएको छ […]