काबुल विमानस्थलमा विस्फोट हुँदा ६० जनाको मृत्यु

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १४:४३
 

काठमाण्डौ : अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन् ।

१३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भने अहिलेसम्म आफ्ना नागरिक र सेना सुरक्षित रहेको जनाएको छ । काबुल विमानस्थलमा हजारौँ उद्धारका लागि पर्खिरहेका बेलामा बम विस्फोट भएको हो ।


जिहादी समूहले आफूले विस्फोट गराएको दाबी गरेको छ । यसअघि काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको भन्दै अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका थिए । उनीहरुले आक्रमणको जोखिम रहेकाले विमानस्थलबाट परै बस्न आह्वान गरेका थिए । तर, चेतावनीको बेवास्ता गर्दा ठूलो मानवीय क्षति हुन पुगेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले विस्फोटपछि पनि उद्धार कार्य जारी नै रहने बताएका छन् । उनले आफ्नो मिसन पूरा गर्नै पर्ने र त्यो जसरी पनि गर्ने बताए । राष्ट्रपति बाइडेनले विस्फोटमा संलग्नहरुलाई कारबाही समेत हुने दाबी गरे ।

अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि त्यहाँबाट एक लाख मानिसको उद्धार भइसकेको छ । अगस्ट ३१ तारिखसम्म तालिबानले उद्धारका लागि अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार ३३ जनामा कोरोना पुष्टि

११ भाद्र २०७८, शुक्रबार १४:४३
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा १९१ जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १ सय जनाको परीक्षण गर्दा २१ जना, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको परीक्षण गर्दा ११ र बागेश्वरी ल्याबमा ३९ […]

सम्बन्धित

ताजा अपडेट