नेपालगञ्जमा जैविक कपडाको उत्पादन विक्री शुरु

सदरलाइन संवाददाता ८ कार्तिक २०८०, बुधबार १५:०३
 

नेपालगञ्ज : नेपालगञ्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरू विक्री वितरण शुरु गरिएको छ । नेपालगञ्ज १० भृकुटी नगर निवासी महिला उद्यमी निता जिसीले दसैँको अवसर पारेर अनलाइनमार्फत कोक्रोमाको विक्री वितरण शुरु गरेकी हुन् ।

नाना चाचाका सञ्चालक महिला उद्यमी जिसीले दसैँको अवसर पारेर कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत नेपालगञ्जमा विक्री वितरण शुरु गरिएको जानकारी दिइन् । बालबालिकाका लागि उत्पादन गरिएका कोक्रोमाको फ्रेन्चाइच उत्पादनहरू अनलाइनमार्फत नेपालगन्जमा विक्री वितरण सुरु गरिएको उनले बताइन् ।

कोक्रोमा नेपाली बालबालिकाको एउटा कपडा ब्रान्ड भएको उनले जानकारी दिइन् । जेल जीवन बिताइरहेका कैदी महिलाहरू तथा सीमान्तकृत महिलाहरूले बुनेका कपडाहरू यस ब्रान्डमा प्रयोग गरिँदै आएको जिसीले जानकारी दिइन् । जिसीले त्यसता महिलाहरूको सीप तथा आर्थिक अवस्थामा वृद्धि गरी उहाँहरूलाई सशक्त बनाउन उहाँहरूद्वारा निर्मित कपडा प्रयोगमा ल्याइएको बताइन् ।

नाना चाचाले कपासद्वारा कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमबाट उत्पादन गरिएका बालबालिकाको कपडा उत्पादन र बजारीकरण गर्ने कार्य गर्दै आएको छ । हाल काठमाडौँमा मात्र उत्पादन गरिए पनि अव बिस्तारै सेवा विस्तार गरेर नेपालगञ्मा पनि उत्पादन सुरु गरिने जिसीले जानकारी दिइन् । पाँच वर्षसम्मका बालबालिकालाई लक्षित गरेर जाडो तथा गर्मी सबै सिजनका कपडाहरू उत्पादन गरी विक्री वितरण गरिरहेको उनले जानकारी दिइन् ।


पश्चिम नेपालमै पहिलो पटक कोक्रोमाको उत्पादनहरू अनलाइनमार्फत विक्री वितरण शुरु गरिएको बताउँदै जिसीले कोक्रोमाको उत्पादनहरू रसायन र एलर्जीहरूको जोखिम कम गर्ने खालका जैविक कपडाहरू भएको जानकारी दिइन् । आगामी दिनमा बालबालिकाको पास्नी र न्वारानको लागि कम्बो उपहार प्याक र पोषणयुक्त आहाराहरू पनि उपलब्ध गराइने जिसीले बताइन् ।

अहिले बाँकेको नेपालगञ्ज, खजुरा र कोहलपुर क्षेत्रमा सेवा दिने लक्ष्य रहेको र आगामी दिनमा माग बढेमा लुम्बिनी र कर्णाली प्रदेश भरि नै सेवा विस्तार गरिने योजना रहेको सञ्चालक जिसी जानकारी दिइन् ।

फुर्सद तथा खाली समयमा केही नयाँ कार्य गर्ने सोच आएपछि नेपाली जैविक कपडा अर्थात् रैथाने कपडाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो अनलाइन सेवा शुरु गरेको जिसीले बताइन् ।

काठमाण्डौ निवासी जिसी हाल नेपालगञ्जमा बसोबास गर्दै आएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कडा सुरक्षाका साथ नेपालगञ्जमा दुर्गामूर्ती विषर्जन गरियो फोटो कथा सहित

८ कार्तिक २०८०, बुधबार १५:०३
नेपालगञ्ज :  बाँकेमा बडा दशैका लागि जिल्लाका विभिन्न स्थानमा स्थपाना गरिएका दुर्गा भगवतीको मुर्ती आज एकादशीको दिन कडा सुरक्षाका बीचमा नगर परिक्रमा गरी राप्तीनदी तथा मानखोलामा विर्षजन गरिएको छ । बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैमा स्थापना गरिएका करिव ४ सय बढी मुर्ती बिर्शजन गरिएको छ । कोहलपुर र खजुरा […]