नेपालगञ्ज उपमहानगर जीआईजेडसंगको साझेदारीमा रोजगारी सृजना गर्दै

सदरलाइन संवाददाता २२ कार्तिक २०७८, सोमबार १६:०३
 


नेपालगञ्ज  : नेपालगञ्ज उप–महानगरपालिकाले उपमहानगरमा उद्यम र व्यावसायका माध्यामबाट जीआईजेडसंगको साझदारीमा रोजगारी सृजना गर्ने उद्देश्यले ‘नेपालगञ्जमा उद्यमी नेपालगञ्जमै रोजगारी’ भन्ने मुल नाराका साथ कार्यक्रम लागू गर्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आइतबार नेपालगञ्जमा आयोजित व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशाला कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणाले सो कुराको जानकारी दिएका हुन । उनले उपमहानगरका उद्यमीलाई टेवा दिने र नयाँ उद्यमीलाई प्रबद्र्धन गर्न जीआइजेडसँग सहकार्य गरेर कार्यक्रमको तयारी गरिरहेको जानकारी दिए ।

उनले नेपालगञ्जका उद्यमी नेपालगञ्जमै रोजगारी भन्ने मुल नाराका साथ पाइलोट प्रोजेक्टका साथ कार्यक्रमको सुरुवात गरेको बताउदै चाँडै सम्झौता गरी कार्यान्वयनमा ल्याईने प्रतिबद्धता जनाए ।


व्यवसायिक वातावरण सर्वेक्षण तथ्यांक विश्लेषण निदान कार्यशालामा सार्वजनिक गरिएको तथ्याङ्क अनुसार नेपालगञ्ज उपमहानगर भित्र सञ्चालनमा रहेका आधा भन्दा बढी व्यवसाय संबन्धित निकायमा दर्ता नगरेरै सञ्चालन गरिएको पाईएको छ । नेपालगञ्ज उपमहानगर भित्रमा हाल सञ्चालनमा रहेका ७ हजार १ सय ८७ पसल व्यवसायमध्ये आधा दर्ता बिना नै सञ्चालन भएको पाईएको हो ।

कार्यक्रममा जीआईजेडका प्राविधिक सल्लाहकार डा कल्याण गौलीले व्यवासाय स्थापना गरिने तर त्यसको संञ्चालन, बजार आदिको बारेमा जानकारी नहुँदा सुरु गरेको केही वर्ष भित्रै बन्द गर्ने परिपाटी बढी भएको कारणले व्यवसाय छनौट गर्न सिकाउदै सञ्चालनका तौर तरिका पनि जानकारी गराईने बताए ।

सो कार्यक्रममा जीआईजेडका दिप्ती खकुरेल, डा. तेजहरी घिमिरे, अन्तर प्रेरणा कार्यक्रमका निर्देशक निरोज खनाल लगायतले नेपालगञ्ज उपमहानगरमा व्यावसायिक बाताबरण सर्वेक्षण तथ्याङ्क विश्लेशणको विभिन्न आयामहरु प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्तर्गत च्याउ पकेट क्षेत्र, प्रांगारिक वा जैविक मल उत्पादन प्रबद्र्धन कार्यक्रमलगायत रहने छन । कार्यक्रममा उपमहनगरका जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जबाट अवैध सामान बरामद

२२ कार्तिक २०७८, सोमबार १६:०३
नेपालगञ्ज : भारतबाट भन्सार छलिको साइकल र मोटरसाइकलको विभिन्न पार्टपूर्जा र फलफुल सशस्त्र प्रहरीले नेपालगञ्जबाट बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ प्रिपहवा नजिकैबाट पार्टपूर्जा र फलफुल बरामद गरिएको जमुनाहाका सशस्त्र प्रहरी निरीक्षक जिवलाल बुढाले जानकारी दिए । सहायक प्रहरी निरीक्षक जनकसिंह बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले १ लाख ३५ हजार […]