यस्तो छ एनआरएन जापान २०१७—१९का लागि महासचिव पदका दाबेदार विषेश्वर रेग्मीको प्रतिबद्धता—पत्र

१६ श्रावण २०७४, सोमबार २३:०२
 

सदरलाइनडटकम 
१६ साउन, जापान : विषेश्वर रेग्मी जापानमा बसेर लामो समय विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यको माध्यामबाट विदेशमा छरिएर रहेका नेपालीहरुलाई एकताबद्ध गर्दै ‘नेपालीका लागि नेपाली’ भन्ने मुल नाराका साथ विदेशमा आर्जेको ज्ञान, सीप, पूँजी तथा अनुभवलाई समृद्ध राष्ट्र निर्माणमा जोड्ने व्यक्ति मध्येका एक व्यक्ति हुन । समृद्ध राष्ट्र निर्माणमा जोड्ने मूल उद्देश्य अनुरुप २००३ मा अग्रजहरुद्वारा स्थापित बिश्वब्यापी अभियानले देश बिकासको बिभिन्न आयामहरुमा बिशेष भूमिका खेल्दै एउटा छुट्टै पहिचानसहित अगाडि बढिरहेको यो अभियानको बिश्वब्यापी विस्तारसंगै एनआरएन जापानको स्थापनाकालदेखि यस अभियान जापानवासी नेपालीको हकहितलगायत देश बिकासमा बिभिन्न तवरवाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोड्दै आएको छ ।
एनआरएन जापान २०१७—१९का लागि महासचिव पदका प्रत्यासी रहेका रेग्मी यस अभियानमा जोड्नेक्रममा अभियान प्रति बिशेष श्रद्धा र सम्मान राख्दै म २०१०—११ र २०११—१३ गरी दुई कार्यकाल कार्यकारी सदस्यको रुपमा सक्रिय रही त्यस भन्दा अघि पनि विद्यार्थीकालमा नेसाजको कार्यकारी सदस्य लगायत बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय भई सामाजिक क्रियाकलापमा निरन्तर जोडिदै आएका छन् ।
एनआरएनए सबैको साझा संस्थालाई प्रभावकारी रुपमा अगाडि बढाउन अनुभवी, वौद्धिक र उर्जाशील नेतृत्व हुनुपर्छ भन्ने मान्यता राख्ने उनले यसै अनुरुप जापान बसाईको १२ बर्षसंगै जापानी भाषा विद्यार्थीकालदेखि हालसम्म सिकेका, पढेका तथा अनुभव गरेका कुराहरुलाई यस अभियान मार्फत समाज र राष्ट्रको हितमा उपयोग गर्ने दृढ संकल्पका साथ आगामी २०१७—१९ को कार्यकालमा महासचिव पदमा दावी गदै उम्मेदवारीको घोषणा गरेका छन् ।
संक्षिप्त परिचय
जन्मस्थान : रुकुमकोट, रुकुम
जापानी भाषाको अध्ययन  : त्रिभुवन विश्वविद्यालय अन्तर्गत विश्वभाषा क्याम्पसबाट २ बर्षको कोर्ष पुरा
जापान आगमन :  २००५ अप्रिल, भाषा विद्यार्थीको रुपमा
शिक्षा : स्नातकोत्तर (पर्यटन) रिक्क्यो युनिभर्सिटी टोक्यो
२००९ देखि जापानको एक कम्पनीमा कार्यरत
भ्रमण : २३ देश
अन्य गतिबिधिहरु : 
– युनिभर्सिटीमा अध्ययनरत छंदा जापानको शिक्षामन्त्रालयले सपोर्ट गरेर्को युगाकुसेइ क्योउसी भन्ने कार्यक्रम अन्तर्गत २ बर्ष जति गेस्ट स्पीकरको रुपमा कान्तो क्षेत्रका बिभिन्न जापानी स्कुलहरुमा नेपालको बारेमा क्लास दिएको अनुभव
-नेपालका बिभिन्न स्थान लगायत गृहजिल्लामा बिभिन्न समयमा शिक्षा, स्वास्थ लगायतका सामाजिक कार्यहरुमा संलग्न
– जापानको नेपाली समुदायमा भैपरी आउने हरेक किसिमका सामाजिक क्रियाकलापमा सक्रियताका साथ संलग्नता
– २००८ नेपाली विध्यार्थी समाज जापान (नेसाज) मा एक कार्यकाल कार्यकारी सदस्य
-२०१०-११ र २०११-१३ गरेर दुई कार्यकाल एनआरएनए जापानको कार्यसमिति सदस्य
– २०१५-१७ एनआरएनए कान्तो क्षेत्रीय समितिमा सल्लाहकार
– २०१३ देखि राप्ती सोसाइटी जापानको तदर्थ समितिको संयोजक साथै हाल सो संस्थाको अध्यक्ष
बिशेष गरी निम्न एजेण्डाहरुमा मेरो पहल रहने छ ।
१. महासचिवको मुख्य कार्यभारकारुपमा संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र अध्यक्षलाई सघाउदै संस्थाको कार्यसम्पादन गने ।
२. राष्ट्रिय समन्वय परिषद जापानका क्षेत्रीय समिति, अन्तराष्ट्रिय समन्वय परिषदका क्षेत्रीय समिति तथा अन्तराष्ट्रिय समन्वय परिषदकासँग निरन्तर सम्पर्कमा रहि आपसी सम्वन्ध प्रगाढ गर्न बिशेष भूमिका खेल्ने ।
३. जापानमा रहेका संघ(संस्थाहरुसँग समन्वय गर्दै कम्युनिटीका साझा मुद्दामा एनआरएन जापानले गरेका निर्णयहरु सुसुचित गर्दै समन्वयकारी भूमिका खेल्ने ।
४. एनआरएनए जापान सम्पूर्ण जापानवासी नेपालीले हाम्रो संस्था’ भनेर अझै बढी अनूभुत गर्ने संस्थाको रुपमा बिकास गर्न जापानमा रहनुभएका बिभिन्न क्षेत्र, तह तप्का लगायत प्राज्ञिक एवं बौद्धिक सर्कल, व्यबसायी, श्रमजीवी, महिला एवं विद्यार्थीलाई यो संस्थासँग जोडेर कम्युनिटीको हित हुने काममा बिशेष भूमिका खेल्ने ।
५. जापानमा हामी अर्थात समस्त कम्युनिटी इम्पावर्ड भए मात्र हामी दक्ष तथा सक्षम हुन्छौ त्यस पछि मात्र हामी देशको बिकासमा ज्ञान सीप र पूँजीबाट योगदान गर्न सक्छौं । त्यसैले सचेतना मुलक शैक्षिक, व्यबसायिक, सिपमुलक र सचेतनामुलक कार्यक्रमको घुम्ती कार्यक्रम गर्न बिशेष भूमिका खेल्ने ।
६. एनआरएनएको १३ वटै क्षेत्रमा ञमिनी नेपाल डे’आयोजना गर्न पहल गर्ने ।
७. नेपालको नेपालको पर्यटन पर्बर्धनको लागि नेपाल पर्यटन बोर्ड , नेपाली राजदुतावास, पर्यटनविज्ञ लगायतका सरोकारवालाहरुसँग सहकार्य गर्दै जापानका डेस्टिनेइसन म्यानेजमेन्ट कम्पनीहरुसँग समन्वयकारी भूमिका खेल्ने ।
८. अनलाईन क्यालेण्डर तयार गरी नेपाली कम्युनिटीका आँउदा गतिबिधिहरुलाई समेट्नुका साथै एनआरएनए जापानका भाबी कार्यतालिका तथा गतिबिधिहरुलाई व्यबस्थित गर्ने ।
९. एनआरएन जापानको एप्लिकेइशनलाई अझै परिस्कृत गदै जुनसुकै बेला पनि जापानवासी नेपालीले सदस्यता लिनसक्नुका साथै आजिवन सदस्यता लिन मिल्ने कुरा बिधानमा उल्लेख गर्न पहल गर्ने ।
एनआरएनए अभियानसंग जोडीएर मेरा उल्लेखित एजेण्डाहरुलाई कार्यान्वयन गर्न जापानवासी समस्त नेपालीहरुको अझ धेरै साथ, सहयोग , समर्थन र सुझाव एवं सल्लाहको लागि अपिल गरेका छन् । प्रस्तुती  :किरण भण्डारी /जापान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा १५ दिनमा दुई तेस्रोलिङ्गीसहित ८ हजार ७ सय ५५ नयाँ मतदाता थपिए

१६ श्रावण २०७४, सोमबार २३:०२
सदरलाइनडटकम १७ साउन, नेपालगन्ज : निर्वाचन आयोगले साउन १ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन गर्न सुरु गरेपछि १५ दिनको अवधिमा मात्र बाँकेमा ८ हजार ७ सय ५५ जना नयाँ मतदाता थपिएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार दुई जना तेस्रोलिङ्गीसहित ८ हजार ७ सय ५५ नयाँ मतदाताले […]

सम्बन्धित