वालमन्दिरमा ५० शैयाको अक्सिजन सुविधा सहतिको आईशोलेशन केन्द्र सञ्चालनमा

सदरलाइन संवाददाता ११ भाद्र २०७८, शुक्रबार १९:२७
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबारदेखि ५० शैयाको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोभिडको संभावित तेस्रो लहरबाट जोगिने उद्देश्यले कोभिड नियन्त्रण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि वालमन्दिरमा सो आईशोलेशन सञ्चालनमा ल्याएको हो ।

नेपालगञ्ज उपमहानगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकिय अधिकृत हिरालाल रेग्मी, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको उपस्थितीमा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अक्सिजन सुविधासहितको ५० शैयाको आईसोलेसन केन्द्रको उद्घाटन गरेका हुन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिडको संभावित तेस्रो लहरको तयारी तीब्र परिएकै बेलामा नेपालगञ्ज उपमहानगरले अक्सिजन सुविधा सहितको आईशोलेशन तयार पारेर सञ्चालनमा ल्याएपछि कोभिड–१९ बिरुद्ध लड्नको लागि अझ सहज हुने विश्वास व्यक्त गरे ।


सो अवसरमा नगर प्रमुख डा. राणाले आईसोलेसन केन्द्रको आवश्यकतामा आधारमा सैया थप गर्ने बताउदै महिला संक्रमितका लागि छुट्टै व्यवस्थापन गर्न लागिएको जानकारी दिए । उपप्रमुख उमा थापा मगरले नेपालगञ्जले सीमाक्षेत्र भएर आउनेहरुका लागि समेत ध्यान दिएर आईसोलेसन सञ्चालन गरेको भन्दै सम्पूर्ण स्थानीय तहले तत्काल आईसोलेसन केन्द्र सञ्चालन गरेको बताईन ।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले केन्द्रमा शनिबारदेखि नै संक्रमितहरुलाई राखिने गरी तयारी गरिएको जानकारी दिए । उनले उपमहानगरले हाल सीमा नाकामा स्थापना गरेको हेल्थ डेस्कमा भारतबाट आउनेको दैनिक एन्टीजेन परीक्षण गर्दा संक्रमित हुनेहरु बढ्न थालेपछि उनीहरुलाई घरसम्म सुरक्षित फर्काउने व्यवस्थापन नभएसम्म व्यवस्थापनमा असहज भएपछि आईशोलेशन केन्द्र सञ्चालनमा ल्याईएको बताए ।

कार्यक्रममा नेपाल वाल संगठन बाँकेका अध्यक्ष दत्तप्रसाद आचार्य, नेपाल रेडक्रस सोसाईटी बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झना, गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोभिड–१९ रोकथाम र नियन्त्रणमा नेपालगञ्जले गरेको अगुवाईको प्रशंसा गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

११ भाद्र २०७८, शुक्रबार १९:२७
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रवार राती उपचारका क्रमम उनको निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि शुक्रबार बेलुका ६ बजे उनलाई अस्पताल लगिएको थियो । राति एक बजे उनको निधन भएको हो । २०७४ सालको स्थानीय निर्वाचनमा यादवले नेकपा एमालेका तर्फबाट चुनाव […]