बाँकेमा बिहीवार ५१ जनामा कोरोना पुष्टि, १५ डिस्चार्ज

सदरलाइन संवाददाता १० भाद्र २०७८, बिहीबार १५:२२
 

नेपालगञ्ज : बाँकेका विभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बिहीवार ५१ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । बाँकेका तीनवटा प्रयोगशालामा २ सय १८ नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरस फेला परेको हो ।

भेरी अस्पतालमा ४०, मेडिकल कलेज कोहलपुरमा ९ जना र बागेश्वरी प्रयोगशालामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


बिहीवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३५ जना छन् । कोहलपुरका २५, नेपालगञ्जका ८, डुडुवा र खजुरा गाउँपालिकाका १–१ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ६७ पुगेको छ ।

यस्तै बिहीवार १५ जना डिस्चार्ज भएका छ्न । योसंगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मलेसियामा एकै दिन २४ हजार बढी संक्रमित थपिए

१० भाद्र २०७८, बिहीबार १५:२२
काठमाण्डौ : नेपाली श्रमिकहरुको लागि आकर्षक रोजगारी गन्तव्य देश मानिएको मलेसिया लामो समयदेखि कोरोना महामारीसँग जुधिरहेको छ । त्यहाँ दिनप्रतिदिन कोरोनाको दर बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । मलेसियामा दैनिक २० हजार भन्दा बढी कोरोनाका संक्रमित थपिने गरेका छन् । बिहीवार एकै दिन २४ हजार ५९९ कोरोनाका नयाँ […]