बगदादमा अमेरिकी दूतावास नजिकै रकेट आक्रमण

४ फाल्गुन २०७६, आईतवार १२:४०
 

सदरलाइनडटकम,
काठमाण्डौ : इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासलाई निसाना बनाउँदै फेरि रकेट आक्रमण भएको छ । अमेरिकी सैन्य स्रोतका अनुसार यो आक्रमण अमेरिकी सम्पत्तिमाथि क्षति पुर्याउनु थियो ।
यद्यपि कति वटा रकेट प्रहार भएको थियो र के कति क्षति पुगेको छ भन्ने बारेमा स्पष्ट भइसकेको छैन । एएफपीका सम्वाददाताले ग्रीन जोन नजिक एअरक्राफ्ट सर्किलिंग नजिक कैयौँ विस्फोटको आवाज सुनेको बताएका छन् जहाँ अमेरिकी मिसन रहेको छ । गत अक्टोबर २०१९ पछि यो १९औँ आक्रमण थियो ।
यसअघि पनि अमेरिकी दूतावासलाई निसाना बनाउँदै आक्रमण हुँदै आएको थियो । गत महिना उत्तरी इराकमा भएको यस्तै आक्रमणमा अमेरिकी कन्ट्रयाक्टरको मृत्यु भएको थियो । त्यसपछि अमेरिकाले गरेको कारबाहीमा २५ जना लडाकु मारिएका थिए । पछिल्लो समय अमेरिका–इरानबीच विवाद बढ्दै गएको छ ।
अमेरिकाले बगदादमा ड्रोन आक्रमणबाट इरानका प्रमुख कमाण्डर कासिम सुलेमानीको हत्या गरेपछि अमेरिका–इरान तनाव उत्कर्षमा छ । ६२ वर्षीय सुलेमानी इरानका शीर्ष नेता आयातुल्लाह खामेनेयी पछिका इरानका सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्थे । (एजेन्सी)

Next Post

अरविन्द केजरीवालले लिए मुख्यमन्त्रीको शपथ

४ फाल्गुन २०७६, आईतवार १२:४०
सदरलाइनडटकम, काठमाण्डौ : आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतवार तेस्रो पटक दिल्लीका मुख्यमन्त्रीको रुपमा शपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उपराज्यपाल अनिल बैजलले केजरीवालले पद तथा गोपनियताको शपथ दिलाएका हुन् । अरविन्द केजरीवालपछि मनीष सिसोदियाले मन्त्री पदको शपथ लिए । केजरीवालको शपथ ग्रहणमा कुनै पनि राज्यका […]