फौजी किराबाट सजग रहन कृषकलाई आग्रह

सदरलाइन संवाददाता ९ असार २०७८, बुधबार १५:२१
 

नेपालगञ्ज : अमेरिकन फौजी किराले जतिबेला पनि मकै बालि नष्ट गर्ने भएकाले सतर्कता अपनाउन कृषि ज्ञान केन्द्र बाँकेले किसानहरुलाई आग्रह गरेको छ ।

यसअघि फौजी किराको प्रकोप देखिसकेको बाँके अहिलेपनि उच्च जोखिममा रहेको भन्दै केन्द्रका प्रमुख सागर ढकालले किसानहरुले आफ्नो खेतवारीतर्फ विशेष ध्यान दिनु पर्ने सुझाव दिए ।

अहिले महामारीको रुपमा नदेखिएको भएपनि फौजी किराले आफुअनुकूलको मौसम पाए र मकैको बोटहरु भेटाए जतिबेला पनि विकरालरुप लिन सक्ने ढकालले बताए ।

यसले मकैलाई जतिबेला पनि क्षति पु¥याउन सक्छ । तर पनि मकै तीनचार पाते हुँदा र धानचवँर हुने बेला बढी सताउने गर्छ । लार्भाले विस्तारै पात र गुबो खान थाल्छ ।


त्यसपछि मकैमा क्षति पुग्छ । यसका लागि पटकपटक विषादी प्रयोग गर्नुपर्छ । यो व्यापक रूपमा फैलिने भएकाले किसानहरू सचेत भइरहनुपर्छ ।

केन्द्रले जिल्ला कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने किसानहरुले फौजी किराको संक्रमणबारे जनचेतना जगाउने काम गरिरहेको छ ।

सबैभन्दा पहिले किसानहरु नै सचेतना अपनाउनु पर्नेमा उनको जोड छ । बाँकेमा गएको वर्षपनि मकै र धान खेतीमा फौजी किराले ठूलो नोक्सानी गरेको थियो । मकैले घोगा हाल्नेबेला फौजी किराको प्रकोप फैलिँदा किसानहरुले ठूलो लगानी गुमाउनु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

९ असार २०७८, बुधबार १५:२१
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा आज बुधबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम […]