अवैध लागूऔषधसहित चार जना पक्राउ

सदरलाइन संवाददाता ३१ श्रावण २०८०, बुधबार १७:५१
 

 


काठमाडौं :  प्रहरीले बाँके, तनहुँ, झापा र कैलालीबाट विभिन्न प्रकाररका लागू औषधका साथ ४ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

नेपाल प्रहरीको सञ्चार बुलेटिनमा उल्लेख गरिए अनुसार तनहुँ, ब्यास नगरपालिका–११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा सो गाँजा फेला पारी पक्राउ गरेको हो ।


यसैगरी प्रहरीले झापा गाउँपालिका–४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्रामसहित दमक नगरपालिका–३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई सो लागू पदार्थसहित पक्राउ गरेको थियो ।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एशोसिएट सम्वद्ध उद्योगी ब्यवसायीका समस्या सहजिकरण मुख्य काम : कमल कार्की

३१ श्रावण २०८०, बुधबार १७:५१
नेपालगञ्ज : नेपालगञ्ज उद्योग बाणिज्य संघको यहि भदौं २ गते हुने निर्वाचनमा एशोसिएट सदस्य पदका उम्मेदवार कमल कार्कीले एशोसिएट आवद्ध उद्योगी ब्यवसायीहरुको हकहितका लागि अधिकतम पहल गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्कीले पछिल्लो समय भयावह अवस्थामा रहेको बैंकिङ कसुर मुद्दादेखि भन्सार, प्रहरी प्रशासन र अन्य सरकारी तथा गैरसरकारी निकायमा […]

सम्बन्धित