जिल्ला कारागार कालिकोटबाट कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका कैदी फरार

१२ चैत्र २०७३, शनिबार १९:४५
 

सदरलाइनडटकम  
१२ चैत, कालिकोट : जिल्ला कारागार कालिकोटबाट कर्तव्य ज्यानको मुद्दामा थुनामा रहेका कैदी शुक्रवार दिउसो फरार भएको जनाकारी प्राप्त भएको छ । कालिकोट डिल्लीकोट घर भएका ३५ वर्षिय कैदी वलवहादुर शाही हेमन्त भनी चिनिने केदी फरार भएका हुन ।
शुक्रबार जिल्ला कारागार कालिकोटवाट प्रहरीसंग बजार किनमेल गर्न आएका कैदी शाही फरार भएको कारागारले जनाएको छ । शुक्रबार विहान ११ वजे प्रहरीको सुरक्षामा बजारमा गएको वेला शाही हराएको जिल्ला कारागार कालिकोटका प्रमुख संजय महतोले जानकारी दिए । कैदी शाही कर्तव्य ज्यानमारा मुद्धामा दोसी ठहर गदै बाँके जिल्ला अदालतले २० वर्षको कैद सजाए सुनाएर कालिकोट पढाएको थियो ।
आठ वर्ष कैद भुक्तान गरिसकेका शाहिले १२ वर्ष कैद भुक्तान गर्न बाँकि रहदै फरार भएका छन । जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख डिएसपी योगेन्द्र कुमार खड्काले प्रहरीले किन ल्यायो के का लागि हो त्यसको अनुसन्धान भईरहेको र यसका बिषयमा आफुले रिर्पोटिगं गरि रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थ्रेस होल्डको बिरोध गर्दै साना १० दलहरु एक हुने

१२ चैत्र २०७३, शनिबार १९:४५
सदरलाइनडटकम   १३ चैत, काठमाडौं : थ्रेस होल्डको विरोध र स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै १० वटा साना राजीनीतिक दलहरु एक भएका छन् । आईतबार रिपोर्टर्स क्बल नेपालमा संयूक्त राष्ट्रवादी समाजवादी पार्टीले पत्रकार सम्मेलन गरेर १० साना राजनीतिक दलहरूबीच एकता भएको घोषणा गरेको छ । पार्टीहरुवीच एकता भएसँगै अब छिट्टै […]