चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

सदरलाइन संवाददाता १३ कार्तिक २०७८, शनिबार १५:१३
 

कैलाली : कैलालीमा धारीलो हतियार (चक्कु) प्रहार गरी एक जनाको हत्या भएको छ । टिकापुर नगरपालीका वडा नं. ८ कालीमाटी शुक्रबार राती साढे १० बजे दुई युवकबीच वादविवाद हुँदा चक्कु प्रहार भएको थियो ।

चक्कु प्रहारबाट टिकापुर नगरपालीका वडा नं.८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने भजनी नगरपालिका वडा नं. ३ ठेकीपुर बस्ने १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको छ ।


वादविवाद हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टिकापुर अस्पताल कैलालीमा उपचारका क्रममा राती सवा ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकता युवा क्लबद्वारा पाँचौ पटक रक्तदान

१३ कार्तिक २०७८, शनिबार १५:१३
नेपालगञ्ज : एकता युवा क्लब पुरैनीले शनिवार रक्तदान गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ पुरैनीमा रहेको क्लब र प्राइमलाइफ इन्श्योरेन्स सहकार्यमा पाँचौ पटक भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् । क्लबले गर्नुपर्ने समाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले क्लबकै कार्यलय पुरैनीमा रक्तदान गरिएको हो । कोरोना महामारीका समयमा […]