नेपालगञ्ज वडानं. १८ मा धमाधम सडक कालोपत्रे गरिदै

कारकाँदो–गुलरिया बाईपास सडक कालोपत्रेको लागि शिलन्यास

सदरलाइन संवाददाता ११ फाल्गुन २०७७, मंगलवार ०९:१८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१८ का बिभन्न टोलहरुमा विकास पूर्वाधारका कामहरु तीब्र गतिमा  अघि  बढेका छन् । पछिल्लो समय गुलरिया बाईपास रोडदेखि भित्री कारकाँदो गाउँ जाने बाटो कालोपत्रे बाटोको शिलन्यास गरिएको छ । केही दिन अघिमात्र सिद्धार्थ भ्यू पश्चिमको बाटो कालोपत्रेको लागि शिलन्यास गरिएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. १८ का वडा अध्यक्ष दीपक बर्माले सो पक्की नालासहितको सडक कालोपत्रे गर्ने कार्यका लागि सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् । सो अवसरमा उनले आफुले वडाको विकासको लागि जनतासंग गरेको प्रतिबद्धता अनुसार काम गरेको बताए ।

वडा अध्यक्ष बर्माकै पहलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको बजेट र वडाबाट बिनियोजित बजेटले सडक कालोपत्रेसैगै पक्कि नाला निर्माण गरिन लागेको हो । वडा अध्यक्ष बर्माले चालु आर्थिक वर्षमा थप अर्को बाटो सोहि मन्त्रालयबाट आफ्नो वडामा परेको जानकारी दिए । उनले गत आर्थिक वर्षमा पनि संघीय मामिला तथा सामान्य प्रशासनबाट दुईवटा योजना ल्याउन सफल भएका थिए ।


सो कार्यक्रम अन्र्तगत तेजनगरमा पीच बाटो र सुकुम्बासी, दलित तथा मधेशी बस्तीमा सोलार बत्ति जडान । चालु आर्थिक वर्षमा वडाको बजेटबाट पनि पीच बाटो निर्माण भइरहेका छन् । वडाको विभिन्न टोलमा चालु आर्थिक वर्षमा एक दर्जन भन्दा बढी कालोपत्रे (पीच) बाटो निर्माण गरिने गरी योजना अगाडि बढाईएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

सो अवसरमा वा सदस्या दिग्विजय ढुंगानालगायतका जनप्रतिनिधि र स्थानीयबासिन्दाको उपस्थिति रहेको थियो ।

Next Post

बलात्कार गर्ने १६ वर्षीय किशोरलाई ८ वर्ष जेल

११ फाल्गुन २०७७, मंगलवार ०९:१८
सल्यान : १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका– १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ । आरोपी नाबालिग भएकाले ८ वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ । जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला […]