कोहलपुर लोकनगरका सुकुम्बासीद्वारा आन्दोलनको घोषणा

सदरलाइन संवाददाता ७ फाल्गुन २०७७, शुक्रबार १९:३५
 


कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ स्थित लोकनगरमा रहेका अव्यवस्थित भूमिहिन तथा सुकुम्बासीहरुले आन्दोलनको घोषणा गरेका छन् । कोहलपुर–११ शान्तिनगर टोल डुडुवाबस्तीहरुको संगठन अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिले बिहीबार पत्रकार सम्मेलन गरी आफ्ना मागहरु पुरा नभए आन्दोलनमा जाने चेतवानी दिएका हुन् ।

नेपाल सरकारले भूमि सम्बन्धी समस्या समाधानका लागि गठन गरेको भूमिहिन सुकुम्बासी समस्या समाधान आयोगले अहिले कोहलपुर नगरपालिका भित्र रहेका भूमिहिन सुकुम्बासीहरुको लागत संकलन गरिरहेको छ । तर सो आयोगले हालसम्म आफ्नो लागत संकलन नगरेको भन्दै शान्तिनगरबासीले फागुन ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

अव्यवस्थित भूमिहिन तथा सुकुम्बासी समितिका अध्यक्ष जीवन थापाले विगत लामो समयदेखि सो क्षेत्रमा बसोबास गर्दै आईरहेको र हालसम्म बसाईसराई, जन्मदर्ता, विवाह दर्ता लगायत अन्य कार्यहरु नभएकाले २०६८ सलामा नेपाल सरकारद्वारा गठित सुकुम्बासी समस्या समाधान आयोग जिल्ला कार्य समिति बाँकेले सुकुम्बासीको हौसियतले पाउनुपर्ने सुकुम्बासी परिचयन पत्र पाईसेको बताए ।


उनले अव्यवस्थित भूमिहिन दलित तथा सुकुम्बासीको लागत तत्काल लिनुपर्ने, बसाईसराई लगायत व्यक्तिगत घटना तत्काल दर्ता गरि दिनुपर्ने र कोहलपुर नगरपालिका क्षेत्रमा बसोबास गर्ने अव्यवस्थित तथा सुकुम्बासीहरुको पहिचान गरी तत्काल स्थायी समास्या समाधानका लागि पहल गर्नुपर्नै लगायत माग राखेर आन्दोलनमा जाने बताएका छन् । साथै उनले फागुन ९ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने बताएका छन् ।

यता नगरले भने नगर विकास कोषको नाममा दर्तत भएको जग्गा कब्जा गरेको दावी गरेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले उनिहरुले नगर विकास कोषको ८ देखि १० विघाहा सम्मको नम्बरी जग्गा कब्जा गरेको नगरले दावि गर्दै आईरहेकोे जानकारी दिए ।

‘द्वन्द्वकालमा आएर कब्जा गरेका कोषको नम्बरी जग्गा वहाँहरुले दावि गरि रहनुभएको छ’– नगरप्रमुख रावतले भने ‘द्वन्द्वकालमा वहाँहरुलाई कसैले हटाउन सक्ने अवस्था थिएन । तर, अहिले त त्यस्तो अवस्था छैन । जहाँसम्म लगत संकलनको कुरा छ, त्यो हामिले चरणबद्व तरिकाले गरिराखेका छौ वहाहरुको पनि पालो आउछ । कानुन सम्मत ढंगले पाउने नपाउने कुराको निर्क्यौल आयोगले गर्ने छ ।’

Next Post

टिप्परको ठक्करबाट बर्दियामा एक जनाको मृत्यु

७ फाल्गुन २०७७, शुक्रबार १९:३५
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिका ५ शाहीपुर बजारमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भुरिगाउँ गुलरिया हुलाकी सडकखण्डमा भे १ क १४८८ नम्बरको टिप्परले शुक्रवार बेलुका ठक्कर दिँदा भे १० प २६४७ नम्बरको मोटरसाइकल चालक कोहलपुर ८ घर भइ नेपाली सेनामा कार्यरत नवराज बुढाथोकीको मृत्यु भएको हो । […]