एघार महिनादेखि बन्द जमुनाहा नाका खुल्दै

सदरलाइन संवाददाता १६ माघ २०७७, शुक्रबार १५:४०
 

नेपालगञ्ज : करीब ११ महिनादेखि बन्द रहेको पश्चिम नेपालकै सबैभन्दा ठुलो नेपालगञ्ज जमुनाह नाका सञ्चालनमा आउने भएको छ । लकडाउनका कारण बन्द रहेका देशभरका ३० वटा नाकालार्ई सरकारले खुला गर्ने निर्णय गरेसँगै जमुनाहा नाकासमेत औपचारिकरुपमा सञ्चलनमा आउने भएको हो ।

मन्त्रीपरिषद् बैठकले भारत तथा चीन तर्फका नाका खोल्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नाका खोल्ने निर्णयको सर्कुलर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा गरेको छ । नाका खोल्नेसम्बन्धी हालसम्म कुनै पत्र प्राप्त नभएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।


सरकारले यसअघि १४ नाका खोलेको थियो । जसमा १६ वटा थप गरिएको हो । नाका औपचारिक रुपमा खुलेपछि मापदण्डको पालना गर्दै सीमावर्ती बजारमा खरिद, बिक्रीका लागि नेपाली ओहोरदोहोर गर्न पाउने भएका छन् । खुलेका नाकाबाट नेपालीले निर्बाध र विदेशीले शर्तसहित पालना गरेर आवागमन गर्न पाउने छन् ।

Next Post

बालश्रम न्यूनिकरणका लागि सिबिओ सदस्यहरुलाई दुईदिने तालिम

१६ माघ २०७७, शुक्रबार १५:४०
नेपालगञ्ज: बाँकेमा बालश्रम न्यूनिकरणको लागि समुदायमा आधारित संस्थामा आवद्ध सदस्यहरुलाई दईदिने सामाजिक व्यवहार परिवर्तन सञ्चारका विधि र महत्वको बारेमा दुई दिने अभिमुखिकरण सम्पन्न भएको छ । बाँके युनेस्को क्लब विश्वशिक्षाको आर्थिक सहयोगमा बाँकेका विभिन्न ईट्टा भट्टामा कार्यरत बालश्रमिक लगायत अन्य क्षेत्रमा रहेका बाध्यकारी बालश्रम न्युनीकरणका लागि सक्रिय परियोजना संचालन गर्दै […]