न्युरोडस्थित जस्मिन ज्वैलर्समा चोरी

सदरलाइन संवाददाता ६ माघ २०७७, मंगलवार १३:४५
 

नेपालगञ्ज : नेपालगञ्जको एक सुन पसलमा चोरी भएको छ । नेपालगञ्जको न्युरोडस्थित जस्मिन ज्वैलर्समा सोमवार राती चोरी भएको हो ।

बागेश्वरी मन्दिर प्रवेश गर्ने पूर्वीद्वार अगाडि रहेको जस्मिन ज्वैलर्स रहेको घरको पछाडिपट्टि झ्यालबाट चढेका चोरले सिढीको माथि रहेको टिनलाई काटेर भित्र पसी सटर फोडेको छ । सुन पसलमा चोरी गरेपछि चोर पछाडिबाट नै डोरीको सहायताले तल ओर्लेको देखिन्छ ।


खुर्सिद अहमदले सञ्चालन गरेको सुन पसलमा चोरी भएको आज विहान पत्ता लागेको हो । विहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको हो । त्यसपछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीको उपस्थितिमा कति र के–के चोरी भयो बुझ्ने काम भइरहेको छ ।

नेपालगञ्जमा केही समययता चोरीका घटनामा बढोत्तरी भएको पाइएको छ । घटनाबारे अनुसन्धान शुरु एएको बाँके प्रहरीले जानकारी दिएको छ ।

Next Post

तीन वटा बन्दुकसहित बाजुरामा एकजना पक्राउ

६ माघ २०७७, मंगलवार १३:४५
बाजुरा : बाजुरामा ३ वटा घरेलु बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका सुदाडाकै लालबहादुर सेजुवाल बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले बताए । सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको […]