दाङकी थप एक कोरोना संक्रमित महिलाको मृत्यु

सदरलाइन संवाददाता २१ कार्तिक २०७७, शुक्रबार १६:४४
 

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १० की २० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार दिउँसो मृत्यु भएको हो ।

प्रसुति सेवाका लागि गत १६ गते अस्पतालमा भर्ना भई १८ गते डेलिभरी भएपछि उनको स्वास्थ्यमा समस्या आएपश्चात् कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।


त्यसपछि आसोलेशन वार्डमा भर्ना गरि रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गर्दासमेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Next Post

भेरीको परीक्षणमा ३६ संक्रमित थपिए

२१ कार्तिक २०७७, शुक्रबार १६:४४
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा शुक्रवार ३६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालद्वारा दिउँसो जारी विवरणअनुसार बाँकेका १३ सहित ३६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ सय ३० जनाको परीक्षण गर्दा बाँकेका १३, बर्दियाका १४, दैलेखका ३, दाङका २ तथा जुम्ला, रोल्पा […]