आइपिएल : पञ्जाबलाई हराउँदै राजस्थान विजयी

सदरलाइन संवाददाता १५ कार्तिक २०७७, शनिबार ०९:२८
 

काठमाण्डौ : इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । अबुधाबीमा भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो ।

१८६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि बेन स्टोक्सले २६ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५० र सन्जु सामसनले २५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४८ रनको योगदान दिए ।


यस्तै कप्तान स्टीभन स्मीथले २० बलमा पाँच चौकाको सहयोगमा नटआउट ३१, रोबिन उथप्पाले २३ बलमा ३० तथा जोस बट्लरले ११ बलमा नटआउट २२ रनको योगदान दिएका हुन् ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९९ तथा कप्तान केएल राहुलले ४१ बलमा ४६ रन बनाएका थिए ।

Next Post

कञ्चनपुरमा तीन जनाको शव भेटियो

१५ कार्तिक २०७७, शनिबार ०९:२८
कञ्चनपुर : कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा शनिवार बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउदको शव भेटिएको हो । दुवै जना गत असोज २८ गतेदेखि परिवारबाट सम्पर्क बिहीन रहेको र शनिवार बिहान जङ्गलमा […]