कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ६ कार्तिक २०७७, बिहीबार १८:३१
 

नेपालगञ्ज : दाङका कोरोना संक्रमित ५५ वर्षीय पुरुषको बाँकेमा मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ का पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा बिहीवार अपरान्ह मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उच्च रक्तचाप र मधुमेहका विरामी ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज २७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको थियो ।


कोभिडको आशंकामा सोही दिन स्वाब परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । योसंगै बाँकेमा उपचारका लागि आएका १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Next Post

त्रिभुवनचोकमा राखियो राष्ट्रीय झण्डा

६ कार्तिक २०७७, बिहीबार १८:३१
नेपालगञ्ज : नेपालगञ्जस्थित त्रिभुवनचोकमा नेपालको राष्ट्रीय झण्डा राखिएको छ । मेयर डा. धवलशमशेर राणाले चोकमा राष्ट्रीय झण्डा राखेका हुन् । दोश्रो जनआन्दोलनअघि उक्त स्थानमा राजा त्रिभुवनको शालिक रहेको थियो । जनआन्दोलनका बेला राजाको शालिक तोडफोड गरिएपछि हालसम्म उक्त चोकमा केही राखिएको थिएन । स्तम्भलाई पुनर्निर्माण गरिएपछि बिहीवार पुनः राष्ट्रीय झण्डा […]