बाँकेमा ४४ जना डिस्चार्ज

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार ०८:४०
 

नेपालगञ्ज : बाँकेमा आज थप ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । १५ महिला र २९ जना पुरुष डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।


हाल बाँकेको आइसोलेशनमा बाहिरी जिल्लाका ८ गरी ३ सय ४८ जना रहेका छन् । बाँकेमा हालसम्म १ हजार ८ सय ६० जनामा कोरोना पुष्टि हुँदा १५ जनाको मृत्युु भइसकेको छ ।

Next Post

विश्व मुटु दिवस मनाईंदै

१३ आश्विन २०७७, मंगलवार ०८:४०
नेपालगञ्ज : आज सेप्टेम्बर २९ अर्थात् विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ । प्रतिष्ठानका अनुसार करिब ३० प्रतिशत वयस्कलाई […]