बुधवार बाँकेबाट दश जना डिस्चार्ज

सदरलाइन संवाददाता ३१ भाद्र २०७७, बुधबार ०८:५०
 

नेपालगञ्ज : बाँकेबाट बुधवार १० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । भेरी अस्पतालबाट ७ जना, होटल इन्द्रेणीबाट २ जना र कृषि तालिम केन्द्र आइसोलेशनबाट १ जना डिष्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा तीनजना नेपाल प्रहरीका कर्मचारीसहित ५ पुरुष र ५ महिला रहेका छन् ।


योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ८८ पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार विभिन्न आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ३ जना गरी ४ सय १९ जना संक्रमित उपचाररत छन् ।

Next Post

सिन्धुपाल्चोक केन्द्रविन्दु भई भूकम्प

३१ भाद्र २०७७, बुधबार ०८:५०
काठमाण्डौ : सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधवार बिहानै ६ म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान पाँच बजेर १९ मिनेटमा उक्त भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । भूकम्पको धक्का कडारुपमा महसुश भएपछि मानिसहरु घर बाहिर निस्केका थिए । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन । […]