राष्ट्रिय बाल दिवस सोमवार मनाईंदै

; २९ भाद्र २०७७, सोमबार ०९:०४
 
फाइल तस्विर

नेपालगञ्ज : ‘विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमवार मनाईंदै छ ।

दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ ।


नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो ।

उक्त महासन्धि अनुमोदन भएको ३० वर्ष पुगेको छ । नेपालमा प्राथमिक तहमा बालबालिकाको खुद भर्ना ९७ प्रतिशत पुगेपनि टिकाउदर बढाउने चुनौती कायमै छ ।

Next Post

दश किलो अफिमसहित बाँकेमा दुईजना पक्राउ

२९ भाद्र २०७७, सोमबार ०९:०४
नेपालगञ्ज : बाँके प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिमसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दाङका २४ बर्षीय बसन्त घर्ती र रुकुमपूर्वका ५३ बर्षीय धनबहादुर सेनलाई अफिमसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमवार पत्रकार सम्मेलनमार्फत दुबै जनालाई सार्वजनिक गरेको हो । उनीहरुको साथबाट १० किलो लागुऔषध अफिम बरामद […]