प्रदेस सभा सदस्य नमुनासहित २८ जना कोरोना मुक्त भएर घर फर्कदै

४ भाद्र २०७७, बिहीबार ०८:३५
 

नेपालगञ्ज : पाँच नंम्बर प्रदेश सभासदस्य कृष्णा केसी नमूनासहित २८ जनाले आज कोरोना जितेर घर फर्कदै छन् । १३ जना महिलासहितका २८ जना जिल्लाका विभिन्न आईशोलेशन अस्पताल तथा अईशोलेशन सेन्टरमा बस्दै आएको जिल्ला कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।


आज बिहीबार डिस्चार्ज हुनेहरुमा अधिकाँश नेपालगञ्जका रहेका छन् । यसअघि जिल्लामा सबैभन्दा बढि एकै दिन ३० जना कोरोना जितेर घर फर्केका थिए ।

बाँकेमा अन्य जिल्लाका समेत गरि ७६६ जना कोरोना संक्रमित हुँदा ४९६ जना कोरोना जितेर घर फर्किसकेका छन् । हाल २६६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण ४ जनाले ज्यान गुमाएका छन् ।

Next Post

थरुहट थारुवानको विरोधका कार्यक्रम स्थगित

४ भाद्र २०७७, बिहीबार ०८:३५
नेपालगञ्ज : थरुहट थारुवान राष्ट्रिय मोर्चाले विरोधको कार्यक्रम स्थगित गरेको छ । २७ साउनमा पत्रकार सम्मेलन मार्फत भदौँ ७ र ८ गने गर्ने भनिएको विरोधको कार्यक्रम स्थगित गरिए पनि अन्य संघर्षका कार्यक्रम जारी रहेको मोर्चाले जनाएको छ । ‘नेपाल सरकारसँग १३ बुँदे माग राखेर घोषणा भएको कार्यक्रमहरु कोरोना महामाहरीका कारण […]

सम्बन्धित