सदरलाइनडटकम,
कञ्चनपुर : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रमा धेरै विकृती र विसंगति रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा कञ्चनपुरले बुधवार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले स्वास्थ्य क्षेत्रमा विकृति रहेकोले अब सुधार गरिने बताए ।
बिचौलियाका कारण अधिकांश स्वास्थ्य संस्थामा खरिद गरिएका उपकरण काम नलाग्ने अवस्थामा रहेको भन्दै उनले अधिकांश औजार उपकरण कमिशनमा खरिद गर्दै आएकाले अब यस्ता काम गर्न नदिने दाबी गरे । सरकारी लागानीमा डाक्टर बनेका व्यक्ति नेपालमा काम नगर्ने गरेको उनको भनाई छ ।
