गणपति डेन्टल क्लिनिकद्वारा स्वास्थ्य तथा जलपान सामाग्री बितरण

३२ श्रावण २०७७, आईतवार १२:५४
 


नेपालगञ्ज  :  नेपालगञ्जमा सञ्चालनमा रहेको गणपति डेन्टल क्लिनिक कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको सो कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो ।

जमुनाह नाकादेखि धम्वोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन–९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन–डी, विष्कुट र पानी वितरण गरिएको क्लिनिक संचालक डा. प्रतिक श्रेष्ठले जानकारी दिए ।


कोरोन भाइरस महामारीकाबीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उनको भनाइ छ ।

करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिदै उनले त्यसमा केही पत्रकारहरुलाई समेत समेटिएको बताए । उनले आगामी दिनमा पनि यसखालको अभियानलाई जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Next Post

बाँकेका सातसहित नौ जना कोरोनामुक्त

३२ श्रावण २०७७, आईतवार १२:५४
नेपालगञ्ज : विभिन्न आईसोलेशन सेन्टरमा उपचार गराईरहेका बाँकेका ७ सहित ९ जना कोरोनामुक्त भई आइतवार डिस्चार्ज भएका छन् । नेपालगञ्जका ५ जना, खजुराका २ जना, सुर्खेत र बर्दियाका एकएक जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । उनिहरुमध्ये ६ जनालाई नेपालगञ्जको आदर्शनगर आईसोलेशन सेन्टरमा राखिएको थियो भने २ जनालाई खजुरास्थित शुसिल […]