नेपालगञ्ज कारागारका ४ जनाको कैद मिनहा

१५ जेष्ठ २०७७, बिहीबार १३:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : १३औं गणतन्त्र दिवसका अवसरमा नेपालगञ्ज कारागारमा रहेका चारजना कैदीबन्दीको सजाय मिनहा गरिएको छ ।
कारागारमा ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका नेपालगञ्ज १ का विक्रम गुरुङ, कर्तब्य ज्यानका कैदी बैतडीका कालु सिंह नायक, गौवधमा दुईदुई सजाय पाएका बाँके खजुरा ५ का कुनउ भन्ने वकिल बेहना र खजुरा ६ का चोरे भन्ने छोटकन बेहनाको कैद सजाय मिनहा गरिएको जेलर देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
५० प्रतिशत कैद भुक्तान गरिसकेका बन्दीलाई सरकारले गणतन्त्र दिवसका अवसरमा आममाफी दिएको हो । कारागार प्रशासनले आठ जनाको नाम सिफारिस गरेकोमा चार जनाले मात्र कैद मिनहा पाएको जेलर श्रेष्ठको भनाई छ ।

Next Post

कोरोना संक्रमितको संख्या १०४२ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार १३:११
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बिहीवारसम्म कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । भारतले रेल सेवा खुलाएर परीक्षणनै नगरी नेपालीलाई सीमा क्षेत्रमा ल्याइ छाडिदिन थालेपछि नेपालमा तीन दिनयता संक्रमितको संख्या तीव्र […]