बाँकेका थप ६ जनामा कोरोना देखियो, संक्रमितको संख्या ४२७ पुग्यो

७ जेष्ठ २०७७, बुधबार १६:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज :बाँकका थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा नं. ५ मा ३ वर्षीय बालकसहित ५ जना १७ देखि ४० वर्षसम्मका र खजुरा वडा नं. ५ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार बाँकेका ६ जनासहित देशभरका २५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ भने ४५ जना उपचारपछि निको भएका छन् ।

Next Post

भारतको मुम्बईबाट आएका थिए खजुराका संक्रमित

७ जेष्ठ २०७७, बुधबार १६:४२
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरा ५ का २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पूर्ण खड्काका अनुसार उनी जेठ २ गते खजुरा आइपुगेका हुन् । मुम्बईबाट आएका उनी रुपईडिहा नाका हुँदै भित्रिएका हुन् । एक दिन रनियापुरमा रहेको क्वारेन्टाइनमा बसेका उनी अर्को दिनदेखि […]

सम्बन्धित