नरैनापुरमा राहत वितरण गरिँदै

२५ चैत्र २०७६, मंगलवार १६:२३
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा मंगलवारदेखि राहत वितरण शुरु भएको छ । ६ वटै वडामा राहत वितरण शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।
उनका अनुसार ६ वटा वडाका ८ सय जना श्रमिक र असहायहरुलाई राहत वितरण गरिँदैछ । प्रति परिवार २० किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पोका नुन र २ वटा साबुन वितरण गरिएको खरालले बताए ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेदेखि गरीब, विपन्न र असहायहरुको तथ्यांक तयार गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताए । आवश्यकतानुसार राहत वितरणको दायरालाई फराकिलो बनाउँदै लैजाने लेखापाल प्रकाश अधिकारीले जानकारी दिए ।

Next Post

जापानमा एक महिने आपातकाल घोषणा

२५ चैत्र २०७६, मंगलवार १६:२३
सदरलाइनडटकम, काठमाण्डौ : जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलवार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपातकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधवारदेखि लागु हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् । अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमवार आबेले जापानमा कोरोना भाइरसका […]