कर्मचारी नहुँदा कालीकोटमा दैनिक कार्य प्रभावित

१४ बैशाख २०७६, शनिबार १५:२९
 

सदरलाइनडटकम,
कालीकोट : कर्मचारी समायोजनका कारणले जिल्लाका स्थानीय तहको काम कारबाही प्रभावित भएको छ । स्थानीय तहमा कर्मचारी नहुँदा काम कारबाही प्रभावित भएको हो । कालीकोटका नौ वटा स्थानीय तहका कर्मचारी समायोजनका क्रममा अन्यन्त्र सरुवा भएको र समायोजन रोजेर स्थानीय तहमा अन्य कर्मचारी आउन नमान्दा कर्मचारी अभाव भएको हो ।
यस्तै कर्मचारी अभाव हुँदा स्थानीय तहको विकास निर्माणका काम प्रभावित भएका छन् । कर्मचारी नहुँदा उपभोक्ता समितिले योजनाको रकम पेश्की र फर्छ्यौट हुन नसकेको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । पलाता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुश्मा समायोजनको क्रममा संघमा परेपछि गत चैत १ मा उनी रमाना लिएर गए ।
उनको ठाउँमा सरकारले कञ्चनपुर घर भएका खेमप्रसाद चौधरीलाई सरुवा गरेको जानकारी गाउँपालिकालाई गरायो । तर, अनिवार्य अवकाश हुन दुई वर्ष मात्र बाँकी रहेका चौधरीले विकटमा आउन मानेनन् ।
यस्तै, शुभकालिका गाउँपालिकामा २२ कर्मचारीको दरबन्दी छ । यहाँ कार्यरत कर्मचारले समायोजनका क्रममा प्रदेश र संघ रोजेर गए । अहिले गाउँपालिका कर्मचारीविहीन छ । प्रमुख प्रशासकीय अधिकृत र लेखापाल केन्द्रमा सरुवा भएपछि योजनाको भुक्तानी दिनेलगायत काम प्रभावित भएको अध्यक्ष खडानन्द चौलागाईले बताए ।

Next Post

मेलमिलापले टुगिँदैन सम्बन्धविच्छेदका मुद्दा

१४ बैशाख २०७६, शनिबार १५:२९
सदरलाइनडटकम, डुडुवा (बाँके) : सम्बन्धविच्छेदका मुद्दामा मिलापत्र नहुँदा बाँकेका स्थानीय तहको न्यायिक समितिले अदालतमा पठाउने गरेका छन् । मुद्दा दायर गर्नेले मिलापत्र गर्न नमानेपछि स्थानीय तहले सम्बन्धविच्छेदका मुद्दा अदालतमा पठाउने गरेको हो । डुडुवा गाउँपालिकाको न्यायिक समितिमा आएका सम्बन्धविच्छेदका सात वटा मुद्दामध्ये ६ वटा अदालत पठाइएको छ । न्यायिक समितिकी […]