सदरलाइनडटकम,
काठमाण्डौ : भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ ।
यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, भुवनेश्वर, अहमदाबाद र मुम्बईमा हुने तय भएको थियो । यू– १७ महिला विश्वकपमा १६ टिम सहभागी हुनेछन् ।
यस्तै फिफाले यू–२० महिला विश्वकप पनि स्थगित भएको जनाएको छ । यो प्रतियोगिता पानामा र कोस्टारिकामा अगस्ट र सेप्टेम्बरमा आयोजना हुने तय भएको थियो ।
